लागुऔषध (चरेस) सहित २१ वर्षीय युवक पक्राउ

जुम्लाको तातोपानी गाउँपालिका–६ ऐरेनीस्थित धौलापानीका २९ वर्षीय अमर सार्की लागुऔषध (चरेस) सहित पक्राउ परेका छन्।


जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साउन १० गते राति करिब १२ बजे शंकास्पद अवस्थामा हिँडिरहेका सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट चरेस जस्तो देखिने कालो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको पदार्थलाई मान्यता प्राप्त तराजुले तौल गर्दा ६०० मिलिग्राम (छ सय मिलिग्राम) रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।


सार्कीलाई लागुऔषधसहित पक्राउ गरी जिल्ला अदालत जुम्लाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिएका छन्।



प्रकाशित मिति : २०८३ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस