जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चार जना पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको रजिष्टारमा तातोपानी गाउँपालिका वडा नं ४ निवासी प्रकाशचन्द्र खत्री सहित चार जना पदाधिकारी नियुक्त भएका हुन् ।
जसमा प्रतिष्ठानको रेक्टरमा धर्म सुबेदी, निर्देशकमा विनम्र बिष्ट र डिनमा सन्दीप श्रेष्ठ नियुक्त भएका छन्। प्राप्त जानकारी अनुसार चारै जना पदाधिकारी सपथ आजै केही बेरमा स्वास्थ्य मन्त्रालयमा हुदैँ छ ।
जुम्ला बहुमुखी क्याम्पसको प्रमुख रहेका प्रकाश चन्द्र खत्री प्रतिष्ठानको रजिष्टार पदमा नियुक्ती भएका छन् । विभिन्न चरण पार गर्दै खत्री नियुक्त हुन सफल भए ।
प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार




