जुम्ला । जुम्लामै पहिलो पटक तातोपानी गाउँपालिकामा प्रथम बालिका सम्मेलन सम्पन्न भएको छ । शिक्षा,स्वास्थ्य, पोषण, मर्यादित महिनावारी, जलवायू न्यायका क्षेत्रमा बालिकाका सवाल सुनिश्चित गर्न पालिकाको समन्व तथा विभिन्न दातृ संस्थाको सहकार्यमा प्रथम बालिका सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले बालबालिकाका विभिन्न मुद्वालाई प्रथामिकता दिदै २१ बुँदे सामुहिक प्रतिबद्वता-पत्र सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिका स्तरीय बाल संजालकी अध्यक्ष अनुराधा चौलागाँईले प्रतिबद्वता-पत्र सार्वजनिक गरेकी हुन् । अध्यक्ष चौलागाँईले अब बालिका पिडा र दुख पोखेर बस्ने हैन शसक्त रुपमा आवाज उठाउनु पर्ने बताईन् ।
सम्मेलनमा निवर्तमान भौतिक पूर्वाधार मन्त्री माधव प्रसाद चौलागाँईले तातोपानीले बालबालिका क्षेत्रमा गरेको काम अनुसरणा योग्य भएको बताए । सम्मेलनका प्रतिबद्वताको कार्यान्वयन, सम्मेलनको निरन्तरता, बालिकाका सवालमा निरन्तर वकालत जस्ता विषयमा पालिका तथा दातृ संस्थालाई ध्यान दिन अनुरोध गरे ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बालबालिकाको सहभागिता, विकास, संरक्षण लगायतका सवालमा थुप्रै काम गरेको बताए ।
तातोपानीले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणाका क्षेत्रमा लिएका लक्ष्य पूरा दातृ निकायहरुले पुलको काम गरिदिएकोमा धन्यबाद व्यक्त गरे । सम्मेलनबाट उठेका सवालहरुको प्रथामिकरण गरेर नीति कार्यक्रममा प्रथामिकता दिईने उल्लेख गरे ।
प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले तातोपानीले बालबालिका क्षेत्रमा उल्लेखीय काम गरेको बताए । ईच्छा शक्ति भएमा न्युन स्रोत साधनमा पनि धेरै काम गर्न सकिने उदाहरण तातोपानीले जिल्लामा दिएको उल्लेख गरे ।
उपाध्यक्ष रेवती रावलले तातोपानीले सुरुदेखिनै बालिका शसक्तिकरणका लागि प्रथामिकता दिदै आएको बताईन् । बालिकाहरु सशक्त संगै अनुशासित हुनु पर्ने उल्लेख गरिन्।

निवर्तमान उपाध्यक्ष गगंगादेवि उपाध्यायले पालिका र दातृ संस्थाहरुलाइ गाउँ गाउँमा पुगेर बालबालिकाको हितमा काम गर्न।अनुरोध गरिन् ।
सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढाले शैक्षिक गुणस्तर जिपिएमा मात्र खोज्ने हैन, व्यवहार परिवर्तन, समाज रुपान्तरणमा समेत बालबालिका जोडिनु पर्ने बताए ।

राष्टि्य मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना नेपाल आर्चायले तातोपानीले बालबालिका क्षेत्र संगै महिला, जेष्ठनागरिक सबै क्षेत्रमा उल्लेखीय काम गरेको बताईन् । बालिकाहरु सम्मान पुर्वक बाच्न पाए नपाएको विषयमा सबैले ध्यान दिन जरुरी छ । समाजका हानिकार अभ्यासबाट बालिका पिडित रहेकाले त्यसबाट जोगाउनफसमेत आग्रह गरिन् ।

सर्वोदय नेपालका अध्यक्ष नारायणी चौलागाईले अब छोरीलाई शसक्त बनाए मात्र समाज रुपान्तरण हुने जोड दिईन् । छोरीहरुले हिंसा सहने मात्र नभई सबै सवालमा वकालत गर्नु पर्ने उल्लेख गरिन् ।
तातोपानी गाउँपालिकाको समन्वय तथा किर्डाक नेपाल, वल्डभिजन, पेश नेपाल, सर्वोदय नेपाल, राधा फाउण्डेशन, सिसिआर कर्णाली, विश्व खाध कार्यक्रम लगायत दातृ संस्थाहरुको सहयोग सहकार्यमा प्रथम बालिका सम्मेलन सम्पन्न भएको छ ।
यस्तो छ प्रतिबद्वता पत्र






