रसुवाको बाढीमा कर्तव्यको बलिदान : राष्ट्रसेवक कर्मचारी सम्झनामा भावुक गजल दिपक खत्री

गजलः “कर्तव्यको बाटोमा”

रसुवाको बाडिले आज मुटु रुवाएको छ,
कर्तव्यमा खटिएको प्रहरी बगाएको छ ।

आफ्नो ज्यान भन्दा देश ठुलो ठानेर हिड्ने मान्छे,
जनताको सुरक्षामा जिवन नै लगाएको छ ।

आधी आयो, भेल आयो, बाटो छेकियो,
तर कर्तव्यबाट पाईला कहिल्यै नहटाएको छ।

घरमा आमा कुरिरहिन, बाटो हेर्दै परिवार,
देशको सेवामा छोरो पर कतै हराएको छ।

बद्री भित्र एउटा मन थियो, सपना थिय हज़ार,
राष्ट्र सेवाको सफतले ति सबै भुलाएको छ।

आज रसुवाको भेल मात्र होईन, आसु बगेको छ,
एउटा परिवार गुम्दा सिङ्गो देश स्तब्ध भएको छ।

सलाम छ ति बिर सपुत हरुलाई, जस्ले कर्तव्य रोजे
दिपकको कलमले आज श्रद्दाञ्जली चढाएको छ

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस