जुम्ला – ग्रामीण भेगका कतिपय स्वास्थ्य सेवा केन्द्र बन्द हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । स्थानीयस्तरबाटै नागरिकलाई सामान्यतयाः आधारभूत स्वास्थ्य सेवा उपलव्ध होस् भन्ने उद्देश्यका साथ स्थापित स्वास्थ्य संस्था स्वास्थ्यकर्मी अभावका कारण बन्द भएपछि स्वास्थ्य सेवा प्रभावित भएको हो ।
आधारभूत स्वास्थ्य केन्द्र बन्द हुँदा जुम्ला र कालिकाकोट सिमा क्षेत्र नाग्म बजारको मेडिकल र पालिका मुकाम रारा स्वास्थ्य चौकीमा सेवा लिने पुग्नुपर्ने बाध्यता भएको स्थानीय बासीले गुनासो गरेका छन् । रारा स्वास्थ्य चौकी भएको पालिका रारा पुग्न धेरै टाढा छ । आउजाउ गर्न ५ घण्टा समय लाग्छ । संघीय संचरना पहिलो स्थानीय तहको निर्वाचनपछि वडास्तरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सामुदायिक स्वास्थ्य इकाई र सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो ।
तिला गाउँपालिका–७ घोडेसीम गाउँस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र गएको असारदेखि बन्द रहेको छ । करार स्वास्थ्यकर्मी हटाएपछि बन्द भएको हो । तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्मीलाल रोकाया अनुसार वि.सं. २०८३ असारपछि करार स्वास्थ्यकर्मी र कर्मचारी हटाएपछि त्यो स्वास्थ्य संस्था बन्द भएको हो । त्यहाँ करार अनमी एक जना, अहेब एक जना र कार्यालय सहयोगी एक जना गरी तीन जना कार्यरत थिए । ‘त्यो स्वास्थ्य संस्था खोप केन्द्रको रुपमा मात्रै सञ्चालन छ । खोप लगाउने बेला एक दिन खुल्छ । अरु बेला बन्द नै हुन्छ,’ उनले भने ।
तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतका अनुसार ९ नम्बर वडामा पर्ने खोब्री र ढिपु गाउँमा सामुदायिक स्वास्थ्य इकाई छन् । त्यहाँ गाउँघर क्लिनिक र खोप केन्द्रका रुपमा सञ्चालन छन् । उनले भने, ‘त्यहाँ विभागले नै स्वास्थ्यकर्मी नियमित सेवा प्रवाह गर्ने गरी खटाउन मिल्दैन भनेको छ । पालिकाको आन्तरिक स्रोतबाट खर्च गर्ने गरी कर्मचारी व्यस्थापन गर्न भनेको छ । तर, पालिकामा आन्तरिक स्रोत नभएका कारण कर्मचारी खटाउन सक्ने अवस्था छैन ।’ आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी कार्यपालिकाले निर्णय गरेर स्वास्थ्यकर्मी खटाउने तयारी भइरहेका उनले जानकारी दिए ।
पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाका अनुसार यस पालिकामा ४ वटा स्वास्थ्य चौकी छन् । वडा नम्बर २, ५ र ७ मा तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ३ नम्बर वडाको हुरीमहरीमा एक वटा सामुदायिक स्वास्थ्य इकाई संघीयतापछि स्थापना भएका हुन् । बुढ्थापाले भने, ‘आर्थिक वर्ष २०८२÷०८३ मा कर्णाली प्रदेश सरकारले करारमा कर्मचारी राख्न नपाई ऐन जारी गरेपछि आधारभुत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईमा स्वास्थ्यकर्मीको अभाव भएको हो । आधारभूत स्वास्थ्य केन्द्रमा अहिले एक÷एक जना स्थायी स्वास्थ्यकर्मी खटाएर सञ्चालनमा रहे पनि हुरीमहरीमा रहेको सामुदायिक स्वास्थ्य इकाई गत असारदेखि बन्द रहेको छ ।’ एक जना अहेब र एक जना कार्यालय सहयोगी कार्यरत रहेको दुर्गम हुरीमहरी गाउँमा सामुदायिक स्वास्थ्य इकाई हुदा नागरिकको स्वास्थ्य सेवा प्रवाहमा सहज थियो । तर, स्वास्थ्यकर्मी नै नभएर बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको शाखा प्रमुख बुढ्थापाले बताए ।
जुम्लामा अस्पताल एक वटा, प्रथामिक स्वास्थ्य केन्द्र एक वटा र स्वास्थ्य चौकी २९ वटा छन् । यिनै स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाह भई रहेको देखिन्छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र २७ वटा, सामुदायिक स्वास्थ्य इकाई ११ वटा र शहरी स्वास्थ्य केन्द्र एक वटा छन् । तर, यिनै स्वास्थ्य संस्थाबाट भने स्वास्थ्यकर्मी अभावका कारण कतिपय स्वास्थ्य संस्था बन्द भएका छन् भने कतिपय स्वास्थ्य संस्थामा एक जना स्वास्थ्यकर्मीका भरले सञ्चालनमा छन् । कर्णाली प्रदेश सरकारले २०८२÷०८३ मा करारमा कर्मचारी स्वास्थ्यकर्मी राख्न नपाईने ऐन जारी गरेपछि यस्तो समस्या आएको हो ।
रसुवा भोटेकोशी बाढीमा भाई (विष्णु बहादुर बोहोरा) हराएपछि घटना स्थल रसुवा पुगेर फर्किएका जुम्लाको गुठीचौर गाउँपालिका – २ गोठीगाउँका नरेश बोहोरा छन् ः– न सास भेटियो, न त लास । उनले भने घटना स्थलमा खोज उद्दारको काम खासै सन्तोषजनक देखेनौ




