मायादेखि जुम्लासम्म :भावनाले भरिएका चार मुक्तक दिपक खत्री

१. माया

माया नबुझ्नेलाई के थाहा जिन्दगीको यात्रा,
मायामै लुकेको हुन्छ खुसीको हर मात्रा।
सधैँ स्वार्थमै अल्झिनेलाई के थाहा मित्र,
माया नै रहेछ ईश्वरको सबैभन्दा ठूलो पात्रा।

२. साँचो माया

फूलझैँ फुली सुवास छर्ने साँचो माया हो,
दुःखमा पनि साथ दिने साँचो माया हो।
स्वार्थ र छल बिना हृदयबाट कोरिएको,
जिन्दगीभर टिकिरहने साँचो माया हो।

३. मेरो जुम्ला

हिउँका चुचुरा र हरियाली पाखा, प्रकृतिको सुन्दर चित्र जुम्ला,
मार्सी धानको सुवास अनि स्याउको रसले भरिएको इत्र जुम्ला।
खस भाषाको जननी, चन्दननाथ बाबाको पवित्र तपोभूमि यो,
संस्कृति र प्रकृतिको काखमा सजिएको प्यारो र मित्र जुम्ला।

४. समय

जिन्दगी सोचेको मान्छेले चोट दिने दिन आउनेछ,
दीपकको साँचो मायाको आभास हुने दिन आउनेछ।
मुटु नै सुम्पिए पनि भाग्यले सधैँ चाल उल्टो चलिदियो,
उसले बुझ्न सुरु गर्दा समय ढिलो भइसकेको दिन आउनेछ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस