जुम्ला । अखिल नेपाल राष्टिय स्वतन्त्र विधार्थी यूनियन ( अनेरास्ववियू) जुम्लाको अध्यक्षमा बिन बहादुर रावत सर्वसम्मत चयन भएका छन् ।
संगठनको ११ औ जिल्ला अधिवेशनको बन्दशत्रबाट बिन बहादुर रावतलाई अनेरास्ववियूको नेतृत्वको जिम्मेवारी दिईएको हो । यस अघि नराकोटको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका भनिएका धनराज बुढाको कार्यसमिति आधिकारिक नभएको समेत दाबी गरिएको छ ।
अनेरास्ववियुका नेता विराज भण्डारी, रतननाथ योगी र अनिल जंग महतको सहभागितामा सम्पन्न अधिवेशनबाट चुनिएको बिन बहादुर रावत नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अनेरास्ववियूका केन्द्रिय सदस्य रतननाथ योगीले बताए ।
जसमा उपाध्यक्ष पदम उपाध्याय, महिला उपाध्यक्षमा रेखा बुढा, सचिवमा भिजन वड, सहसचिवमा सन्तोष शाही, सहसचिव निसा रावल र कोषाध्यक्षमा सन्जु सिकर्मी चयन भएका छन् । सात जना पदाधिकारी र १० जना सदस्य गरी १७ सदस्यीय कार्यसमिती चयन गरिएको छ ।
नराकोट अधिवेशनबाट धनराज बुढा अध्यक्ष भएको एकदिन नबित्दै बिन बहादुर रावत अध्यक्ष भएको सार्वजनिक भएपछि अनेरास्ववियु जुम्लामा खटपटको वाताबरण सृजना भएको छ।





