बेग्र प्रतिक्षापछि राष्ट्यि प्रशारण लाईनमा जोडियो जुम्ला

सागर परियार ।

जुम्ला जिल्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको छ । लामो प्रयास र संघर्षपछि जुम्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको हो । पुर्वनिर्धारित समय अनुसार साउनकै दोस्रो साताबाट जुम्लामा राष्ट्यि प्रशारण लाईन पुगेको नेपाल विद्युत प्राधिरकण वितरण केन्द्र जुम्लाका प्रमुख गौरब पोण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“दैलेख देखि दुल्लु १ सय ५० किमी,दुल्लुदेखि कालिकोट ६० किमी र कालिकोट हुदै जुम्ला ८० किमीको दुरीमा परिक्षण गर्दै ११ केभी राष्ट्यि प्रशारण लाईन जुम्ला पुगेको छ । आईतबार विहान १० बजेदेखि राष्ट्यि प्रशारणलाईनको बत्ती जुम्ला सदरमुकाम खलांगामा बलेको हो ।”

गएको असार २६ गतेदेखि कालिकोट हुदै जुम्लाका विभिन्न भागमा नेपाल विद्युत प्राधिकण जुम्लाको टोलीले परिक्षण कार्य गरिरहेको थियो । जुम्ला क्षेत्रमा असार २८ गतनै परिक्षण कार्य सकाएर असार ३१ देखि साउन १६ गते सम्म कालिकोट क्षेत्रका विभिन्न भागमा परिक्षण गरी अन्ततः सफल भएको प्रमुख पाण्डेको भनाई छ ।

प्रमुख गौरब पाण्डेले राष्ट्यि प्रशारण लाईनको ११ केभी जुम्ला पुराउने आफ्नो जिम्मेवारी पुरा गरेको बताउनुभयो । उहाँका अनुसार जुम्लाका आठ स्थानीयतह मध्य चन्दननाथ नगरपालिकामा एक डेढ हप्तामै घरघरमा बत्ती पुग्ने छ । ्

भने, तिला र तातोपानी गाउँपालिमा दशै सम्म सबै मेजरपार्ट जडान भई संचालनमा आउने छन् । साथै सिंजा क्षेत्र तथा गुठिचौर पातारासीमा चालु आवभित्रै बत्ती बल्ले गरी काम दुर्त रुपमा काम अघि बढाईने समेत प्रमुख पाण्डेले उल्लेख गर्नुभयो ।

राष्ट्यि प्रशारण लाईन जुम्ला पुग्यो । यसको विस्तारका लागि सरकारले बजेट पनि छुटाई सकेको छ । जुम्लाका आठै तहका (एलटी) लाईन विस्तारका लागि चाडै टेण्डर आह्वान गर्ने र लाईन विस्तारको काम पनि अघि बढाउने जानकारी दिनुभयो ।

राष्ट्रिय प्रशारणलाईन जुम्ला पुगे संगै जुम्लीबासीको बहुप्रतिक्षाको घडि पनि सकिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले भन्नुभयो,“जुम्लाबासीमा खुसीको सिमा छैन् । अब जुम्लाका अध्यारा बक्ती झिलिमिली हुने छन् । विद्युत अभावले होटल व्यवसाय, उद्योगधन्दा बन्द हुने छैनन् ।”

करिब १ लाख २० हजार जनसंख्या रहेको जुम्लामा अझै ९५ प्रतिशत नागरिक अध्यारोमै बस्न बाध्य छन् । अब छिटै सबै नागरिक विद्युतको पुहँचमा पुग्ने आशामा छौ । प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले भन्नुभयो,“सडकदेखि सदनमा कर्णालीमा राष्ट्यि लाईन पुराउन दबाब दिइयो । तर सरकारले ढिलै भएपनि कर्णालीको गुनासो सुनुवाई गयाअब बत्तीको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्छ ।”

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले आईतबार जुम्लामा राष्ट्यि प्रशारण लाईनको ११ केभी जुम्ला पुग्नु ऐतिहासिक दिन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिविशेष श्रय लिनेभन्दा पनि सबैको पहलले राष्ट्यि प्रशारण लाईन पुगेको छ । महाबु हुदै आउने ३३ केभी लाईन जुम्ला पुग्न ढिला हुने भएकाले एलाईन्स परिवर्तन गरी ११ केभी लाईन छिटो जुम्लामा ल्याउन सफल भयौ ।”

राष्ट्यि प्रशारण लाईन जुम्ला ल्याउन विद्युत प्राधिकरण जुम्लाका प्रमुखको सक्रियता, र प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महत, पुर्वमन्त्री नरेश भण्डारी,जिसस उपप्रमुख कार्मा बुढा लगायतका व्यक्तिको पहलले जुम्लामा राष्ट्यि प्रशारण लाईन पुगेको हो ।

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस