जुम्ला अपडेट:सभापतिमा देउवा पक्षका  शाही र सचिवमा पाैडेल पक्षका कठायतकाे अग्रता कायमै

कर्णाली पाेष्ट संबाददाता ।                                              नेपाली कांग्रेस जुम्लाको सभापतिको उम्मेदवारमा कडा प्रतिष्पर्धा भएको छ । ८२७ मत गणना गर्दा भने सभापतिमा कर्णबहादुर शाहीको अग्रता कामयै रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलका सभापतिका उम्मेदवार कर्णबहादुर शाहीले ४०४ मत प्राप्त गर्नुभएको छ ।                                                                                                                                               यसैगरी रामचन्द्र पौडेल प्यानलका सभापतिका उम्मेदवार दिपबहादुर शाहीले ३९७ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी,सचिवमा रामचन्द्र पौडेल प्यानलका सचिव अर्जुन कठायतले सबैभन्दा बढी  ४३९ मत प्राप्त गर्नुभएको छ । यसैगरी सचिव पदमा लक्ष्मणबहादुर शाहीले ३८६ मत, घनश्याम थापाले ३६४ र दानबहादुर बुढाले ३०७ मत प्राप्त गर्नुभएको छ ।

उपसभापतिमा दिपक शाहीले सबैभन्दा बढी ४३७, कार्मा बुढाले ४०३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नन्दराम बुढाको ३५२ र मक्करबहादुर हमालले ३४४ मत गर्नुभएको सहायक निर्वाचन अधिकृत बस्नेतले बताउनुभयो ।                                      सभापतिमा देउवा पक्षीय शाहीले ७ भोटले अग्रता कायम गर्नुभएको छ भने अन्य पदाधिकारीमा पौडेल पक्षकै अग्रता देखिएको छ ।

कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि जम्मा खसेको ९८१ मत खसेको थियो । मंगलबार दिउसो १ः०० बजेबाट मतगणना शुरु भएदेखि आज बिहान ६ः४० बजेसम्म ८३० मतगणना गरिएको हो । महाधिवेशन प्रतिनिधिको भने गणना गर्न बाँकी रहेको जनाईएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस