घरका कल्पनाका ससुरा वीरबहादुर बुढा पनि थिए । तर उनी शनिबार विहानै वृद्धातिर गएको र बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि खोजी गरेको थिए,’ वीरबहादुर बुढाको भनाई उदृत गर्दै डीएसपी घर्तीले रातोपाटीसँग भने,‘ वीरबहादुर त्यसपछि बुहारी र नातिहरु सुतिराखेको कोठामा गए । ढोका लगाएको भित्रबाट आवाज नआएपछि वीरबहादुरले प्रहरीलाई खबर गरेका थिए ।’
शनिबार बेलुकी साढे ७ बजेतिर घटनास्थल पुगेको प्रहरीले जनप्रतिनिधि र स्थानीयको रोहबरमा घरको ढोका फोडेको उनले जानकारी दिए ।
उनले भने,‘कोठाभित्र खाटमुनि कोइला बालेको मात्र देखियो। मृतक चारै जनाको मुखमा फिज देखिन्छ ।’
कल्पाका श्रीमान कृष्णबहादुर जाजरकोट भएकाले आइतबारमात्र प्रहरीले मुचुल्का उठाई अनुसन्धान अघि बढाएको छ । मृतकहरुलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको घर्ती बताउँछन् । उनले भने,‘कोठाभित्र तलासमा कोइला बालेको बाहेक अन्य केही देखिदैन् । तर अहिले नै कोइलाकै कारण मृत्यु भएको भनेर भन्न सकिँदैन् । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म आईसकेको अबस्था छैन् ।’




