
जुम्ला ३१ बैशाख । ताताेपानी गाउँपालिका वडा नं. १ काे वडाध्यक्षमा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी भएका छन् । ३४२ मत प्राप्त गर्दै कठायत वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका वडाध्यक्षका प्रत्यासी माओबादी केन्द्रका लाेक बहादुर कठायतले २३९ मत प्राप्त गर्नु भएकाे छ ।
झण्डै ७१ मतले माओवादीका लाेक बहादुर कठायतलाई पछि पार्दै काँग्रेसका कर्णा बहादुर कठायत १ नम्बर वडाध्यक्षमा निर्वाचित भएकाे निर्वाचन अधिकृत सराेजराज रेग्मीले जानकारी दिनुभयाे । पालिका अध्यक्षकाे मत परिणाममा चित्त नबुझेर राेकिएकाे मतगणना पुन राेकिएकाे छ ।
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार




