जुम्ला प्रदेश(ख) मा पदम राेकायाकाे जीत सुनिश्चित:बलियाे बन्दै गठबन्धन

जुम्ला  । जुम्लाकाे माैसम दिन प्रतिदिन चिसीदै छ । तर मतदान गर्न ३ दिन मात्र बाँकि रहँदा चुनावी मावल भने निकै तातिएकाे छ । प्रतिनिधि सभामा गठबन्धन,राप्रपा र एमाले बीच खराे प्रतिस्पर्धा हुने अबस्था छ । यदपी,गठबन्धनका साँझा उम्मेद्वार गाेमा कुँवर जित्नेमा दुईमत छैन् । राप्रपाका ज्ञानेन्द्र शाहीले मुलुककाे नेतृत्व गर्ने भन्दै भ्रम फिजाए पनि जीत गठबन्धनकै सुनिश्चित रहेकाे गठबन्धनका उम्मेदवारकाे दाबि छ ।

प्रदेश (क) मा गठबन्धनका ललितजंग शाही,एमालेका धिरेन्द्र गिरि,र स्वतन्त्र उम्मेद्वार देबेन्द्र बहादुर शाहीबीच प्रतिस्पर्धा हुने छ । स्वतन्त्र उम्मेदवारीले भने गठबन्धनलाई टक्कर दिने अनुमान छ । बाँकि मत परिणामले देखाउने छ ।

अब चर्चा गराै प्रदेश (ख) का गठबन्धनका उम्मेदवार कर्णाली प्रदेशका बहालवाला मन्त्री पदम राेकायाकाे । एकिकृत समाजबादीका केन्द्रीय सदस्य रहेका राेकाया यतिबेला गठबन्धनका तर्फबाट जुम्ला प्रदेश (ख) काे उम्मेदवारका रुपमा चुनावि मैदानमा छन् । एमालेका टेकराज पछाइ र स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेत राेकाया निटक प्रतिस्पर्धि उम्मेद्वार हुन् ।

यदपी, गठबन्धनका साँझा उम्मेद्वार पदम राेकायाकाे जीत भने, सुनिश्चित छ । सिंजा सभ्यता विधेयकलाई पुन: ब्युत्याउने,निमार्णधिन याेजनाहरुलाई निरन्तरता दिने,प्रदेश (ख) काे शिक्षा,स्वास्थ्य खानेपानी,पर्यटन,सिचाईकाे विकास,सिंजा सभ्यता,भाषा साहित्य र संस्कृति संरक्षणका एजेण्डालाई अघि सार्दै राेकाया चुनावी मैदानमा उत्रिएका छन् । सिंजा क्षेत्रकाे विकास र समृद्दिका लागि आफ्नाे उम्मेदवारी रहेकाे उम्मेद्वार पदम राेकायाले बताए ।

उनले भने,”गठबन्धनकाे बलियाे साथ छ । समाजबादीबाट विचारबाट विचलित भएका केही व्यक्ति टिकट नपाएकाे झाेकमा एमाले प्रबेश गरेका हुन् । त्यसले केही फरक परेकाे छैन् । बहुमत हामिसंगै छ । भने गठबन्धन थप बलियाे बन्दै गएकाे । जित सुनिश्चित छ ।”
सिंजा क्षेत्रका जनताहरु विचारमा प्रतिबद्द छन् । म जनताकै सेवक हुँ । मेराे व्यक्तिगत स्वार्थ छैन् ।” फेरि पनि जनताकाे सेवा गर्ने अबसर पाउने आशा रहेकाे राेकायाकाे भनाई छ ।

मलाई काम गर्छ,पार्टि स्वार्थ भन्दा माथि उठेर काम गर्छ । साेझाे नागरिकका रुपमा मलाई मतदाताले बुझेका छन् । घरदैलाे अभियानका क्रममा पनि भाेट हाल्ने आश्वासन दिएका छन् । त्यसैले पनि आफ्नाे जीत सुनिश्चित रहेकाे राेकायाकाे दाबी छ ।

उता मालिकाबाेताका झण्डै ९५ प्रतिशत भाेट सुरक्षित रहेका छन् । भने मनऋषि धिताल लगायतका नेताहरु घरदैलाेमा जादाँ जनताले विश्ववास दिएका छन् । राेकायाले थपे,”जनता धेरै सचेत भईसकेका छन् । गठबन्धन थप बलियाे बन्दै छन् । गठबन्धनका प्रतिनिधि सभा र दुबै प्रदेशका उम्मेद्वार जित्छन् । समृद्दि र अग्रगमनका लागि गठबन्धनकाे जीतकाे विकल्प छैन् ।”

आँसीहथाैडामा चिन्हमा मतदान गरी जिताउने पक्षमा मालिकाबाेताका ९८% मत सुरक्षित ! नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती दिपबहादुर शाही, माओवादी केन्द्रका नेता मनऋषि धिताल सहित गठबन्धनका नेताहरु प्रचारमा सहभागी छन् ।

गठबन्धनलाई जिताउन नेताहरु सूक्ष्म घरदैलाे गरेकाले जुम्लामा गठबन्धन बहुमतले जित्ने दाबी गरिरहेका छन् । यदपी एमालेका टेक राज पछाई निकट प्रतिस्पर्धिका रुपमा रहेका छन् । उनले आफ्नाे जित सुनिश्चित रहेकाे दाबि गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस