जुम्ला : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा जुम्लामा दिउँसो ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो ३ बजेसम्म यहाँ ५४ प्रतिशत मतदान भएको हो ।
कुल ८३ मतदान स्थल, १०६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको जुम्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कुल ६८ हजार ६ सय ३८ मतदाता छन् ।
हिमा गाउँपालिका – ५ रुपाकोट आधारभुत विद्यालयको मतदान केन्दमा ४०३ मध्ये २५१ मत खसेको मतदान अधिकृत गणेश शाहीले बताए । उनले भने मतदान कार्य जारी नै छ । फाटफुट रुपमा मतदाता मतदान गर्न आउने गरेका छन् । कनकासुन्दरी गाउँपालिका १ रिया गाउँस्थित ज्ञानोदय आधारभुत विद्यालयमा १६८ मध्ये १०५ मत खसेको जनाएको छ । यहाँको सवै स्थानमा निर्वाचन शान्तिपूर्ण वातावरणमा भईरहेको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए ।



