जुम्लामा जीप दुर्घटनाःघटनास्थलमै एकको मृत्यु

जुम्ला । जुम्लामा यात्रु बाहक जीप दुर्घटना एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलंगाबाट पातारासी गाउँपालिका तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरिक्षक यम बहादुर बुढा मगरले बताउनुभयो ।

सोमबार अपरान्ह ४ बजे भएको उक्त जीप दुर्घटना परी मा पातरासी गाउँपालिका १ खालाढिक बस्ने अन्दाजी वर्ष ४२ की छोजुम लामाको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । भने,घाइतेहरुको संख्या अझै एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जीप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीमा खसेको थियो ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस