काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत सन्देश दिंदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई आग्रह गरेका थिए। उनले सन्देशमा भनेका छन्, ‘आजदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षामा सहभागी हुनु हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु।’
एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आआफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा प्रधानमन्त्री दाहालले अपिल गरेका छन्। रासस
प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार



