आयुर्वेद उपचारमा बढ्दै आर्कषण,घट्दै सरकारी लगानी

जीर्ण भवनबाटै सेवा,औषधी खरिदको बजेट अभाव

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका –१० बोहरागाउँ स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जना उपचार गराउन पुग्नछन् । अन्यऔषधीले निको नभएको रोग आयुर्वेदिक औषधीले निको हुने र असर पनि नगर्ने भएकोले आयुर्वेदिक उपचार पद्धतिमा आकर्षक बड्दो छ ।

बहुमुल्य जडिबुटीबाट सिधै ओैषधि बनाएर उपचार गरिने भएकोले आयुर्वेदिक उपचार पद्धति रुचाइएको छ । आयूर्वेद उपचारमा स्थानीयको आर्कषण बढेसंगै आयुर्बेद औषधीको मूल्य समेत महंगाीदै गएको छ ।

तर जुम्ला स्थित आयुर्वेद स्वास्थ्य केन्द्रले सम्पुर्ण आयुर्वेद उपचारदेखि औषधी निःशुल्क रुपमा उपलब्ध गराउदै आएको छ । आयुर्वेद उपचारमा आर्कषण बढ्दै जानु र सरकारी लगानी घट्दै जानुले सेवा दिन मुस्किल भएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख नन्द प्रसाद न्यौपानले बताउँछन् ।

आयुर्वेद स्वास्थ्य केन्द्र विभिन्न समस्याबाट गुज्रिदै आएको छ । उनले भने,“आयुर्बेद उपचारमा स्थानीयको मोह बढ्दो छ । तर स्रोत वर्षेनी घट्दो छ । महंगो महंगो सबै औषधी निःशुल्क दिईरहेका छौ । नाम समेत लेखाउने शुल्क लिदैनौ । कित सरकारले औषधी खरिदमा प्रयाप्त बजेट दिनु पर्यो । कित हामीले न्युनतम शुल्क लिने पाउनु पर्यो । नत प्रयाप्त बजेट छ । नत कसैको चासो चुनौतीकै बीच सेवा दिन बाध्य छौ ।”

ल्याब सेवा समेत निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रको भवन भने जीर्ण बनिसकेको छ । २०४१ सालमा अंचल आयुर्वेद औषधालयका रुपमा स्थापना भएर स्वास्थ्य केन्द्र बनेको छ । तर २०५१ सालमा बनेको जीर्ण भवनबाटै सेवा प्रवाह भईरहेको छ ।

गत कार्तिक १७ गतेको भुकम्पको धक्काले भवन चिरा परेको छ । डराइ डराई सेवा दिन बाध्य छौ । प्रमुख न्यौपानले भने,“औषधी खरिदमा बजेट अभाव संगै जीर्ण भवन हाम्रो मुख्य चुनौती हो । औषधी खरिदमा विगतमा २०÷२५ लाख आउन्थ्यो । तर यो वर्ष आठ लाख मात्रै आएको छ । गर्मी सिजनमा बिरामी बढ्छन् । औषधि उपलब्ध गराउन नसकिने स्थिति छ । सरकारले प्रयाप्त लगानी नगर्ने,बजेट घटाउदै जाने । विरामीको चाप बढ्दै जाने । जीर्ण भवन र स्रोत अभावले सेवा प्रवाहमा कठिनाई भएको छ ।”

अस्पतालमा दिसा, पिसाप, रगत, खकार जाँच गरेको ४ देखि ५ हजार शुल्क लाग्छ । तर आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै निशुल्क हुन्छ । नाम दर्ताको मात्रै अस्पतालले ५० रुपैया लिन्छ । स्वस्थ्य केन्द्रमा त्योपनि निशुल्क छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले कयौं समस्या स्रोत अभावका बाबजुद पनि बिरामीलाई उत्कृष्ट सेवा दिइरहेको छ । महंगा आयुर्वेद औषधि समेत निःशुल्क उपलब्ध गराउने स्वास्थ्य केन्द्रलाई प्रायःबजेट अभावले औषधी खरिदमा समस्या हुने गरेको प्रमुख न्यौपानेको भनाई छ ।

दैनिक ४०÷५० विरामी आउँछन् । एक जना बिरामीलाई न्युनतम एक हजार सम्मको औषधि निःशुल्क दिनुपर्छ । हरेक वर्ष बिरामी बढिरहेका छन् । तर औषधि खरिदका निम्ति आउने बजेट भने हरेक वर्ष घट्दै आईरहेको छ । यसमा सरकारको ध्यानर्कषण गराउन सरोकारवालाले चासो लिनु पर्नेमा उनको जोड छ ।

जुम्लाका तिला र तातोपानी गाउँपालिकाले मात्रै आफ्नै लगानीमा नागरिक आरोग्य केन्द्र सञ्चालन गरेका छन् । भने हिमा गाउँपालिकाले पनि निर्णय गरेर नागरिक आरोग्य केन्द्र बनाउँदैछ । गुठीचौर, पातारासी र सिंजा गाउँपालिकामा स्थापना गरिएका नागरिक आरोग्य केन्द्र आयुर्वेद स्वास्थ्य केन्द्रको मातहतमा छन् ।

योग, ध्यान, प्रणायाम पछिमात्रै सेवा दिनुपर्ने गृहमन्त्रालयले सर्कुलर गरेको छ । सोहीअनुसार जुम्लामा योग सप्ताह मनाइएको र अब लगातार एक महिनासम्म योग सिकाउने तयारी भईरहेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रको महत्वपूर्ण निर्णय गर्नलाई हाल व्यवस्थापन समिति रिक्त छ । जसले गर्दा औषधी खरिद तथा भवन निर्माणका लागि बजेट जुटाउन समेत पहुँच नपुगेको प्रमुख न्यौपानको दुखेसो छ ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस