सुनथराली विमानस्थलको उद्घाटन,जहाज हेर्नेको भीड (फोटो फिचर)

जुम्ला । कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नंं. १ कोटबाडा स्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । २०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको एक लाख लगानीबाट निर्माण सुरु भएको ३८ वर्षपछि सोमबार नरहरीनाथ गाउँपालिकाको आयोजनामा विमानस्थलको औपचारिक उद्घाटन भएको हो ।

आईतबार दोस्रो पटक परिक्षण उडान सफल भएपछि सोमबार सुनथराली विमानस्थलको भव्य उद्घाटन गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले विमानस्थलको उद्घाटन गरेका छन् ।। रक्षामन्त्री खड्का संगै पर्यटन मन्त्री सुदन किराँती,कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा ,तत्कालीन मुख्यमन्त्री दोय जीवन बहादुर शाही र महेन्द्र बहादुर शाही,कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने लगायतका उच्च पदस्थ व्यक्ति सुनथराली पुगेर विमानस्थलको भव्य उद्घाटन गरेका छन् ।


निर्माण सम्पन्न भएको दुई वर्ष बितेपनि औपचारिक उद्घाटन हुन सकेको थिएन् । पहिलो परिक्षण उडान २०७३ माघ २९ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले गरेका थिए ।

२०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरीरहेका नहरीनाथ १ का टेक बहादुर विष्ट सहित ३६ जना कामदारको निर्मम हत्यागरी एउटै चिहान बनाएको थियो । द्धन्द्धका कारण निर्माण प्रभावित भएपछि शान्ति सम्झौतापछि मात्रै विमानस्थल निर्माणले गति लिएको थियो । कोटबाडाका ८ जना सहित धादिङ २६ जना गरी ३६ जनाको एकै चियान भएको थियो ।


२१ वर्षीय छोरा टेक बहादुर गुमाएकी आमा मृगा विष्टले सुनथरालीमा दोस्रो पटक जहाज देखेपछि मख्ख भएकी छन् । चिहानमाथिको विमानस्थलमा चिलगाडी कुरिरहेका थियौ । उउनले भनिन,‘ढिलै भएपनि मन्त्री सहित जहाज आयो । खुसी छौ । तर जहाज चढ्न पाईन्या होकी नाई पत्तो छैन् । तर सुनथराली विमानस्थलमा नियमित जहाज उड्नु भनेको कालिकोटबासीले सेवा पाउनु मात्र होईन,मृत्तक ३६ जनाको आत्मले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने टुंगो नाई ?’

जहाज हेर्नका लागि कालिकोटका गाउँगाउँबाट हजारौको संख्यामा स्थानीय नागरिक सुनथराली विमानस्थलमा पुगेको नहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले जानकारी दिए । साना बालबालिका देखि जेष्ठनागरिक सम्म जहाज हेर्नैकै लागि विमानस्थल पुगेका छन् ।

केहि तस्बिरहरु

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस