पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यमा एमाले जुम्लाको अधिवेशन बैशाख दोस्रो साता

मुल आयोजक समितिसहित पाँच उपसमिति गठन

जुम्ला – नेकपा एमाले पार्टी जिल्ला कमिटि जुम्लाको नवौँ अधिवेशन बैशाख दोस्रो साता हुने भएको छ । जिल्ला पार्टी कार्यालय जुम्लामा मंगलबार बसेको ११ औँ जिल्ला कमिटि बैठकले अधिवेशन २०८१ बैशाख १५ र १६ गते सदरमुकाम खलंगामा गर्ने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको एमाले जिल्ला अध्यक्ष शान्तिलाल महतले बताए । उनले भने यसै बैठकमा एकिकृत समाजबादी पार्टीबाट समायोजन भएका ३४ जना नेता कार्यकर्तालाई जिल्ला कमिटिमा मनोनितसँगै सपथ ग्रहण गरेका छन् ।
जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि पार्टी अध्यक्ष महतको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको सचिवालय सदस्य अमरबहादुर रोकायाले बताए । उनले भने पाँच वटा उपसमिति पनि गठन भएका छन् । प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, अथिति सत्कार समिति र स्वयम् सेवक समिति बनेका छन् ।
जिल्ला इन्चार्ज मोहन बानियाँ र केन्द्रीय सदस्य रतननाथ योगीको उपस्थितिमा सम्पन्न भएको बैठकमा अधिवेशनका लागि वडा स्तरबाट प्रतिनिधि छनोट देखि पार्टीलाई मजबुद बनाउने विविध विषयमा छलफल भएको नेकपा एमाले जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस