माओवादी केन्द्र जुम्लाको जिल्ला संयोजकमा नवराज न्यौपाने चयन

जुम्ला – नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला संयोजकमा नवराज न्यौपानेलाई चयन गरेको छ । सुर्खेतमा शुक्रबार बसेको माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय बैठकले न्यौपानेलाई संयोजक जिम्मेवारी तोकेको हो ।
लामो समयपछि नेकपा माओवादी केन्द्र जुम्लाले संयोजक पाएको छ । संघियतापछि स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा तातोपानी गाउँपालिका जुम्लाको प्रमुखमा निर्वाचित भएका थिए । पाँच वर्षे तातोपानी गाउँपालिका जुम्लाको प्रमुख भुमिका निर्वाह गरेका न्यौपानेले संयोजकको जिम्मेवारी प्राप्त गरेको छन् ।
जिल्ला संयोजकको जिम्मेवारीसँग राजनितिक गतिविधिमा सहज हुने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस