एमाले अधिवेशन: १२० मत गन्दा शान्तिलाल महतकाे अग्रता

जुम्ला । नेकपा एमाले जुम्लाकाे नवाैं अधिवेशन जारी मतगणनामा अध्यक्षका उम्मेदवार शान्तिलाल महतकाे अग्रता कायमै छ । साढे ५ बजेसम्मकाे मतपरिणामनुसार १२० मत गणना गर्दा अध्यक्षमा शान्तिलाल महतले ७४ मत प्राप्त गरेका छन् । भने अध्यक्षका अर्का उउम्मेदवार धीरेन्द्रराज गिरीले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा प्रेम बहादुर बुढाले ७१,पदम बहादुर बुढाले ४३ वटा मत प्राप्त गरेका छन् । सचिवमा मान बहादुर रोकायाले ६९,आदि प्रसाद न्यौपानेले ४५ मत प्राप्त गर्दा उपसचिव पदका उउम्मेदवार मेनका रेग्मीले ६५ र सुशीला भट्टराई ३४,उपसचिवमा धन बहादुर बुढा ६५ र
धर्मेन्द्र रोकायाले ४६ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस