पीएसजी छाड्ने एम्बाप्पेको घोषणा

पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्।

एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि म तपाईंसँग कुरा गर्छु भन्दै आएको थिएँ ।  पेरिस सेन्ट-जर्मेनमा यो मेरो अन्तिम वर्ष हो। म करार विस्तार गर्दिनँ र यो यात्रा केही हप्तामा समाप्त हुनेछ।’

पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ । बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो ।

विश्वकप विजेता खेलाडी २५५ गोलसहित पीएसजीका कीर्तिमानी गोलकर्ता हुन् । पेरिसमा जन्मेका एमबाप्पे मोनाकोबाट अगस्ट २०१७ मा १६.५७ करोड पाउन्डमा पीएसजीमा सामेल थिए ।

पीएसजीले लिग वानमा टुलुसविरुद्ध पार्क डेस प्रिन्सेसमा आफ्नो अन्तिम घरेलु खेल खेल्नेछ। त्यसपछि टोलीले मे २५ मा लिलको स्टेड पियरे-माउरोयमा लियो विरुद्ध फ्रेन्च कप फाइनल अघि लिगमा निस (१५ मे) र मेट्ज (१९ मे) विरुद्ध खेल्नेछ।

https://twitter.com/KMbappe/status/1788991573029712287?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1788991573029712287%7Ctwgr%5E7fc7c63f39f597e5eb79944222a3c964eb883ce5%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.ratopati.com%2Fstory%2F426142%2Fmbappe-announces-he-will-leave-paris-st-germain-%3Ffbclid%3DIwZXh0bgNhZW0CMTEAAR02f6pP3y-Nu2lFMLEvOGGIDzoXrJ9aNF_oVmdtrCAeL2Vcwz_-VOwyw-E_aem_AQkuIci9ST1Pw9IlokTO1x9W8x3_2LTdd6TqIkQJ6hVOVqmFRMVDi9VIGD9ZJI3xrS7dhpjJXlweFnK-rviWdy8f

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस