प्रतिष्ठानका बारेमा उठेका विषय समाधान गर्न कार्यदल गठन

जुम्ला -कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका बारेमा उठेका विषयहरु समन्वय र समाधान गर्न कार्यदल गठन गरिएको छ । जिल्ला समन्वय समिति जुम्लामा असार १७ गते बसेको सर्वदलिय बैठकले जिसस प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा ९ सदस्सीय कायदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा नेपाली काँग्रेसको तर्फबाट उपसभापति दिपक शाही, नेकपा एमालेको तर्फबाट प्रदेश सदस्य भीमबहादुर थापा, माओवादी केन्द्रको तर्फबाट युवानेता मनोज बुढाथोकी र जसपाको तर्फबाट जिल्ला अध्यक्ष अमितकुमार शाही रहेका छन् ।
यस्तै गरी राप्रपाको तर्फबाट नेता मनसुर सुनार, एकिकृत समाजवादीबाट जिल्ला अध्यक्ष दयादत्त हमाल, नेकपाबाट विर्षबहादुर शाही सदस्यमा रहेका छन् ।
कार्यदलले प्रतिष्ठानमा उठेका विषय समाधान सात दिन गर्ने गरी निर्णय भएको र आगामी दिनमा आउने समस्या सर्वदलिय समन्त्रमा राखी साँझा धारणा बनाई अगाडी बढ्ने निर्णय भएको प्रमुख आचार्यले बताए ।

असार १६ गते नेपाली काँग्रेस निकट विद्यार्थी संघ र तरुण दलले विभिन्न माग राख्दै प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई २२ बुद्धे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस