जुम्लाः ३ वर्षमा ९ हजार सवारी कारबाहीमा, ७४ लाख राजश्व संकलन

जुम्ला । जुम्लामा तीन वर्षको अवधिमा सवारी कारबाहीबाट ७४ लाखबढी राजश्व संकलन भएको छ । सडकको विकासले बढेको सवारी चापसंगै ट्राफिक नियम उलंघनका घटना बढ्दै पनि बढ्दै गएका छन् । आव ०७८÷७९ देखी ०८०÷८१ सम्म तीन वर्षको अवधिमा जुम्लामा सवारी कारबाहीबाट मात्रै ७४ लाख राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जानकारी दिएको छ ।

त्रिवर्षीय तथ्यांकनुसार कूल नौ हजार तीन सय आठ वटा सवारी कारबाहीमा परेका छन् । नौ हजार बढी सवारी कारबाहीबाट ७४ लाख ३१ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख केशवसिंह धामीले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा दूई हजार पाँच सय १५ वटा सवारी कारबाहीबाट २२ लाख ८२ हजार राजश्व संकलन भएको थियो । त्यस्तै आव २०७९÷८० मा सवारी कारबाहीको दर ह्वात्तै बढेको देखिन्छ । उक्त वर्षमा तीन हजार एक सय ७२ वटा सवारी कारबाही परेकामा २६ लाख पाँच सय राजश्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ म सवारी कारबाहीको दर बढेपनि राजश्व संकलन भने घटेको छ । कूल तीन हजार छ सय २१ वटा सवारी दुर्घटना हुँदा २५ लाख ४८ हजार पाँच सय राजश्व उठेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख धामीले जानकारी दिए ।

उनले भने,‘जुम्लामा सवारी दुर्घटना न्युन हुने गरेपनि ट्राफिक नियमको उलंघन भने बढ्दै गएको छ । बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनमा निकै चुनौती छ । शान्ति सुरक्षा व्यवस्थापनमा स्थानीयतहको अपेक्षित समन्वय सहकार्य हुन सकेको छैन् ।’

यदपी,स्रोत साधन अभावका बीच पनि ट्राफिक सचेतनाका ४७८ वटा कार्यक्रम गरिएको छ । भने उक्त कार्यक्रमबाट १३ हजार एक सय ८९ जना स्थानीय नागरिक सवारी चालक लगायतका नागरिक लाभान्वित भएका छन् ।

सबैभन्दा बढी कारबाहीमा मोटरसाईल र टेम्पो अटो परेका छन् । भने बस,ट्क,जीप, ट्याक्टरहरु आशिंक रुपमा कारबाहीमा परेका छन् । क्षामता भन्दा बढी यात्रु बोक्ने,सवारी अनुमती पत्र नबोक्ने,मदिरा सेवन गरी सवारी चलाउने समस्या बढी देखिएको छ ।

यो पनि पढ्नु होला….

जुम्लामा तीन वर्षमा ९१ सवारी दुर्घटना,२८ जनाको मृत्यु

प्रकाशित मिति : २०८१ साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस