हचुवामा सहकारीकाे लगानी,पहुँचवालाले ऋण नतिर्दा बचतकर्ता कराेडाै बचत जाेखिममा

जुम्ला । जुम्लामा सहकारीहरुले हचुवामा लगानी गरेका कारण बचत कर्ताकाे कराेडाै बचत डुब्ने जाेखिम बढेकाे छ । पहुँचका भरमा अनुत्पादनशिल क्षेत्रमा लगानी गरेकै कारण ऋण असुलीमा समस्या हुँदा सहकारीलाई बचत फिर्ता गर्न मुस्किल परेकाे छ ।

लगानी जाेखिम हुन सक्ने आकल समेत नगरी हचुवामा ऋण लगानी गर्दा जुम्लाका सहकारीले बचतकर्ताकाे कराेडाै बचत फिर्ता गर्न मुस्किल परेकाे छ ।

अनुउत्पादक क्षेत्रमा गरेकाे लगानीले प्रतिफल नदिँदा अधिकांश ऋणी सहजै ऋण तिर्ने स्थितीमा छैन् । कतिपय ऋणी पहुँचवाला छन् । जसले पटक पटक ताकेता गर्दा पनि ऋण तिर्न मानिरहेका छैनन् । ५/१० लाख ऋण तिर्नका लागि ५०/६० लाखकाे जग्गा लैजाउ भन्ने जवाफ फर्काउने गरेका छन्  । जस कारण ऋण असुली खराब हुँदा बचत फिर्तामा समस्या भएकाे देखिन्छ ।

हचुवामा गरेकाे लगानीका कारण पहुँचवालाले ऋण तिर्न आलटाल गर्दा बचत फिर्ताकाे विषय सहकारीलाई फलामकाे चिउरा चपाउनु सह्र भएकाे छ ।

हाल जुम्लामा दियालाे बहुउदेश्यीय सहकारी संस्थाले बचत फिर्ता गर्न नसक्दा बचतकर्ता आन्दाेलित भएका छन् ।  कुल ४ हजार ५ सय बचतकर्ता रहेकाे सहकारीले कराेडाै बजेट फिर्ता गर्नु पर्ने छ । तर सहकारीसंग सहजै बजेट फिर्ता गर्ने कुनै आधार छैन् ।

यदपी आगामी चैत सम्म केही रकम र असार सम्म लगभग सबै बचत फिर्ता गर्ने सहकारीले बताउदै आएकाे छ । सहकारीले विभिन्न प्रयाेजनका लागि करिब ३६ कराेड ऋण लगानी गरेकाे पाईएकाे छ । जसमा हाल सम्म ७ कराेड सम्ममात्रै ऋण असुली भएकाे छ । भने बितेकाे डेढ वर्षमा सहकारीले मुस्किलले डेढ कराेड मात्रै ऋण असुली गरेकाे देखिन्छ ।

भने अझै सहकारीले २८ कराेड सम्म ऋण असुली गर्न बाँकी छ । भने बचत कर्ताकाे मात्रै करिब १७/१८ कराेड बचत फिर्ता गर्नु पर्ने छ । जसमा करिब ८ कराेडबढी खुद बचत मात्रै फिर्ता गर्नु पर्ने अनुमान गरिएकाे छ ।

दियालाे सहकारीका प्रबन्धक दिपक शाहले ढिलाेमा चैत सम्म सबै बचत फिर्ता गर्ने भनेपनि विश्वास गर्ने वातावरण नरहेकाे बचतकर्ता बताउँछन् ।

सहकारीका प्रबन्धक शाह भन्छन,’ऋण असुली खराब हुँदा हामीलाई बचत फिर्तामा सकस भएकाे हाे । बचत फिर्ता गर्नु हाम्राे दायित्व हाे । तर पहुँचवाला नेता कार्यकार्ताले नै पटक पटक ताकेता गर्दा पनि ऋण असुली हुन सकेकाे छैन् । बचत फिर्ताका लागि ऋण असुली अनिवार्य छ । त्यसैले अब पनि अटेरी गरेकाे खण्डमा ऋणीकाे नाम र फाेटाेनै सार्वजानिक गर्छाै ।’

करिब २८ कराेड ऋण असुली गर्न बाँकि छ ।  १७/१८ कराेड बचत फिर्ता गर्नु पर्ने छ । तर ऋणीले पटक पटक ताकेता गर्दा पनि ऋण नबुझाएकाेले समस्या निम्तीएकाे हाे । जत्ती सक्दाे  चाडाे ऋण असुली गरेर बचत फिर्ता पक्रिया अघि बढाउने समेत प्रबन्धक शाहले उल्लेख गरेका छन् ।

यदपी,उक्त सहकारीकै दाेधारे नीति (ऋण लिनका लागि अनिवार्य बीमा गर्नु पर्ने) कारणले ऋणीले सहजै ऋण बुझाउन नसकेकाे बुझिएकाे छ ।

बचतकर्ता र सहकारीबीच छलफल
आन्दाेलित बचतकर्ता र दियालाे बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक बीच छलफल भएकाे छ । आईतबार जिल्ला प्रशासनमा भएकाे छलफलमा मुद्दा मामिला भन्दा पनि सबैकाे सहयाेगमा बचत फिर्ता गर्ने,ऋण असुलीका सहयाेग सहमती जुटेकाे सहकारीका प्रबन्धक दिपक शाहले बताए ।

१/२ दिनपछि लिखित सहमती गर्ने कुरा भएकाे छ । उनले भने,’हामीले ढिलाेमा असार सम्म बचत फिर्ता गर्ने आधार प्रस्तुत गर्छाै । त्यसमा बचत कर्ता र अन्य सराेकारवालाकाे सहयाेग आबश्यक छ । त्यस्तै ऋण असुलीलाई कडाईका साथ अघि बढाउने र मुद्दा मामिला नगर्ने सहितकाे लिखित गर्ने कुरा भएकाे छ ।’
साथै ऋणिहरुकाे तीन पुस्ते विवरण तयार भईरहेकाे रकेहि दिनमै फाेटाे सहित ऋणीकाे विवरण सार्वजानिक गर्ने सहकारीकाे तयारी छ । पटक पटक ताकेता गरेपनि बेवास्ता गरेका कारण ऋण असुलीमा समस्या देखिएकाे हाे ।

यता जिल्ला सहकारी संघका अध्यक्ष रिसिराम पाण्डे अधिकांश सहकारी बैंक बन्न खाेजेका कारण समस्या निम्तिएकाे बताए ।

उनले भने,’सहकारीले सदस्यकाे हितमा काम गर्ने हाे । उत्पादनशील क्षेत्रमा लगानी गर्ने हाे। तर पहुँचका भरमा लगानी गर्ने । असुलीमा ध्यान नदिने । संचालक समिति गम्भीर नहुने जस्ता समस्याले सहकारी समस्या ग्रष्त र बचतकर्ताकाे बचत डुब्ने अबस्था पुगेकाे हाे ।’

सहकारी ऐन-२०७४ ले कुनै एक सदस्य वा व्यक्तिबाट २५ लाखभन्दा बढी बचत गर्न नपाईने एक व्यक्तिलाई १० लाख भन्दा बढी ऋण लगानी गर्न नपाईने प्रावधान भएपनि बचत र ऋण लगानीमा सहकारीकाे चरम लापारबाहि देखिएकाे छ । जसका कारण जुम्ला सहितदेश भरका सहकारीमा बचत फिर्ता गर्न समेत मुस्किल हुने स्थिती आएकाे अध्यक्ष पाण्डेले उल्लेख गरे ।

कुनै नयाँ स्कीम याेजना बैंकले ल्याउने हाे । तर सहकारीहरू ऐन विपरित बैंक जस्तै स्कीम ल्याउने गरेका छन् जुन गलत हा । सहकारी सहकारी हुन छाेडेर बैंक बन्नखाेज्दा समस्या निम्तीएकाे सहकारी संघका अध्यक्ष पाण्डेलले स्पष्ट पारे ।
जुम्लामा  तीन सय बढी सहकारी रहेको जुम्लामा ८४ वटा मात्रै संघमा आवद्ध छन् । बाँकी आफूखुसी सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : २०८१ पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस