केपी ओली कपः एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं : केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। 

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। 

मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे। स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए। मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आजै भएको पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो 

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्। फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस