पातारासी ६ को घोडेसिन गाउँको नौमुडे बोबाको मन्दिरमा प्रतिस्थापन गरिएको २०९ किलोको घण्टी । तस्बिरः कर्णाली मिसन
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं. ६ को घोडासिन गाउँको सिरानमा अबस्थित ‘नौमुडे बोबा’ को थान (मन्दिर)मा कर्णालीकै ठुलो घण्टी प्रतिस्थापन गरिएको छ । गाउँका यूवाहरुको सक्रियतामा सहयोग संकलन गरी उक्त मन्दिरमा कर्णालीकै ठुलो २ सय ९ किलोको घण्टी प्रतिस्थापन गरिएको हो ।
जुम्ला बजारबाट घण्टीको महायात्रा गरी चैते अष्टमीको अघिल्लो रातमा विधिवत पुजाआजा गरी मन्दिरमा घण्टी प्रतिस्थापन गरिएको पातारासी–६ का स्थानीय यूवा ऐन बहादुर कठायतले बताए । प्रसिद्ध नौमुडे बोबाको मन्दिरको संरक्षण तथा प्रर्बद्धन र उक्त स्थानलाई धार्मी पर्यटन स्थलका रुपमा विकास गर्न कर्णालीकै ठुलो घण्टी ल्याएर प्रतिस्थापन गरिएको यूवा कठायतको भनाई छ ।
हरेक वर्षको चैते अष्टमी र दशैँको अष्टमीमा विशेष पुजा लाग्ने नौमुडे मन्दिरमा यस वर्ष घण्टी प्रतिस्थापन गरिएपछि गाउँलेहरुको बाक्लो सहभागितामा हर्लोउल्लासका साथ अष्टमी मेला मनाएका छन् । चन्दननाथ नगरपालिका–६ को लाई जिउला हुँदै प्रसिद्व चन्दननाथ भैरवनाथ मन्दिरको परिक्रमा गराई शनिबार विहान नौमुडे मन्दिरमा घण्टी प्रतिस्थापन गरिएको हो । स्थानीय र भक्तजनको भव्य उपस्थितमा महाघण्टी यात्रा गरिएको थियो ।
कूल ६ लाख ११ हजार रूपैयाँको लगातमा घण्टी निर्माण गरी जुम्ला ल्याइएको हो । ललितपुरको पाटनबाट पञ्च धातु मिश्रित घण्टी बनाइएको छ । नौमुडे मन्दिरमा राखिएको २ सय ९ किलोको घण्टी कर्णालीकै ठुलो भएको घोडासिनका स्थानीयको दाबी छ । यसअघि जुम्लाको चन्दननाथ नगरपालिका ४ स्थित बाबिरा मष्टोको थानमा भने १०९ किलोको घण्टा रहेको छ । जुन अहिलेकै ठुलो हो । हाल घोडासिनको मन्दिरमा २०९ को घण्टी आएपछि जुम्ला सहित कर्णालीकै ठुलो घण्टी प्रतिस्थापन गरिएको घोडासिनबासीको दाबी छ ।

स्थानीय नन्दलाल बुढाका अनुसार नौमुडे बोबाको मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा हुने जनविश्वास छ । लोक सेवा पढ्नेले नाम निकाल्ने,विदेश जाने राम्रो काम पाउने,कमाई गर्ने,गाउँमा उत्पादन बढोस् अनिष्ट नहोस भनेर सबैले भाकल गर्ने अधिकांश भाकल पुरा समेत भएर स्थानीयहरु राजीखुसी भई उक्त मन्दिरका् प्रर्बद्धनमा जुटीरहेको बुढाले उल्लेख गरे ।
उनले भने,‘नौमुडे मन्दिरलाई पहिले कोट भन्ने गरिएको थियो । बाईसे चौबिसे राज्यको पतन पछि घोडासिनका स्थानीयले नौमुडे मन्दिरका नाममा नामाकरण गरे । यो मन्दिरमा पुँजा गर्न सरकारलेनै पूजा सामाग्री पठाउने गरेको छ । सरकारले नौमुडे बोबालाई स्वम्भूनाथ भनेर चिन्छन् । त्यतिबेला नौमुडे मन्दिरमा चन्दननाथ नगरपालिका ३ सिमखाडाका पण्डितहरूले पुजापाठ गर्दै आएका छन् ।
मन्दिरका मुख्य पुजारी धर्मानन्द उपाध्याय र कोट रक्षक घोडासिन गाउँका गोर वहादुर रोकाया छन् ।
घण्टी प्रतिष्थापन कार्यक्रममाा पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णििसंह बोहोरा,उपाध्याक्ष जनमाया रोकाया,वडा नं. ५ का वडाध्यक्ष दत्त बुढा, ६ का अध्यक्ष कर्म विष्टर वडा नं. ७ का अध्यक्ष वीर बहादुर बुढा लगायत सयौ स्थानीयको समेत सहभागिता रहेको थियो ।
नौमेडे बोबा मन्दिरको एतिहास
श्री नौमुडे बोबा थानः (शम्भुनाथ बाबा )
मस्टो श्री नौमुडे बोबा थान (शम्भुनाथ बाबा) प्राचीन ऐतिहासिक कालदेखि अस्तित्वमा रहेको धार्मिक स्थल हो। यस थानलाई प्राकृतिक एक धर्मावलम्बीहरुले पुज्दै आएको मान्यता रहिआएको छ। नय नागको स्वरुपलाई नौमुडे भनिन्छ, जहाँ शक्तिशाली नागहरूको पूजा गरिन्छ। यहाँ अनन्त, यासुकी, रोष, पझलाम, कवल, शंखपाल, धार्तराष्ट्र, तक्षक, र कालिया नागको एकीकृत रूपमा पूजा गरिन्छ। साथै, नवदुर्गा भवानीको धी पाठ र पूजा गर्ने परम्परा रहेको छ। जुम्ला जिल्लाको प्रसिद्ध धार्मिक स्थलहरु, जस्तै श्री चन्दनाथ मन्दिर र गैरयनाथ बाबाको मन्दिर, पैटाँ शताब्दीबाट अस्तित्वमा रहेको पाइन्छ। ऐतिहासिक सन्दर्भअनुसार, श्री नौमुडे बोबा थानको अस्तित्य छैर्टी शताब्दीभन्दा पहिलेदेखि नै रहेको अनुमान गरिन्छ। (स्रोतः आचार्यवाड, भण्डारीवाडा, सिम्खडा पूजारी तथा इतिहासविद्हरु र घोडासिनका जानकार बुढापाकाहरुको पौराणिक कथा अनुसार)
नेपाल-तिब्बत युद्ध र नौमुडे बोबा थान
वि.सं. १९१२ मा नेपाल-तिब्बत युद्ध सम्पन्न भएपश्चात्, चैत १२ गते नेपालका लागि हितकारी मानिएको थापाथली सन्धि भएको वियो। जसताका वा त्यो भन्दा अगाडि यस गडिमा सैनिक गतिविधि भएको हुनसक्ने अनुमान पौराणिक कथा र यहाँको भक्नावेश भौतिक संरचनाले जताउन्छ । श्री ३ जंग बहादुर कुँवर राणाको शासनकालमा, जुम्ला जिल्लाको घाँधबीस द्वाराबाट एक धार्मिक पीठको रूपमा तत्कालीन बडाकाजीको सिफारिसमा दरबारलाई सुचित गरिएको थियो। यसको परिणामस्वरूप, वि.सं. १९९४ मा प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले जुम्लालाई दरबारबाट लालमोहरसहितको आधिकारिक पत्र पठाएका थिए, जसमा श्री नौमुडे बोबा थान (शम्भुनाथ बाबा) को पूजा आजा गर्नुपर्ने तथा यसको संरक्षण गर्नुपर्ने आदेश उल्लेख थियो।

साथै, वार्षिक रूपमा रु. ५ रुपैयाँ दाम पूजा सामग्री दिने व्यवस्था गरिएको थियो। पूजापाठको जिम्मेवारी सिम्खडा उपाध्याय वंशलाई सुम्पिएको पाइन्छ। हालका दिनहरूमा पनि पूजा सामयी र भेटी प्रदान गर्ने परम्परा निरन्तर छ, जसको व्यवस्थापन जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाले गरिरहेको छ। (स्रोतः इतिहासविद् रमानन्द आचार्य) वि.सं. १९१४ देखि शम्भुनाथ बाया भगवानको प्रतिमाको रुपमा यस श्री नौमुडे बोबा थाललाई सरकारी देवताको रुपमा मान्यता दिइएको थियो।
जसलाई नेपाली सेना वा नेपाल सरकारको अभिलेखमा शम्भुनाथ बाबा को नाममा नामाकरण गरिएको छ भने स्थानीय बासिले यश लाई भगवान श्री नौमुडे बोबा भनेर पूजने गर्छन्। तर, स्थानिय चासो र सरकारी दृष्टिकोणको अभावका कारण यो धार्मिक स्थल ओझेलमा परेको देखिन्छ। वि.सं. १९९४ मा जारी भएको आधिकारिक दस्तावेज जिल्ला अदालतमा सुरक्षित रूपमा राखिएको थियो। तर, वि.सं. २०५९ सालको सशस्त्र द्वन्द्रको क्रममा, उक्त दस्तावेज आगलागीका कारण पूर्ण रूपमा नष्ट भएको थियो। (स्रोतः इतिहासविद् रमानन्द आचार्य) परम्परागत पुजारीइक: नौमुडे बोचा थानको पूजारी परम्परा वर्मा (ब्राह्मण) वर्गका व्यक्तिहरूले निर्वाह गर्दै आएका छन्।
हालसम्म पूजा गर्दै आएका पुजारीहरु निम्नानुसार छन्ः
जयमुनी उपाध्याय हरीभक्त उपाध्याय देवीप्रसाद उपाध्याय नौनानन्द उपाध्याय (जन्म: वि.सं. १९७९) धर्मानन्द उपाध्याय (जन्म: वि.सं. २००५) दीपकराज आचार्य (हालका पुजारी)
नौमुडे बोबा थानको धार्मिक महत्वः
नौमुडे योवाको जीवित इतिहासको रूपमा एक सुन्दर, हराभरा मेलको वृक्ष रहेको छ। यस वृक्षको दायाँ भागमा नौमुडे बोबाको पूजा गरिन्छ भने, वार्या भागमा भगवती माईको पूजा गरिन्छ। विशेष गरी बडादशैं र चैते दशैंमा यहाँ भव्य पूजा गरिन्छ।
अन्य समयमा पूर्णिमाका अवसरमा तथा भक्तजनहरूको भाफलअनुसार पूजा गरिन्छ। नौमुडे बोवाका विभिन्न वाहतहरुमध्ये बलमान वाहन सबैभन्दा ठूलो मानिन्छ। यसलाई कोटमुनि थानमा स्थापना गरी आचार्ययाहा तथा अन्य भक्तजनहरूले पूजा गर्ने परम्परा रहेको छ। यस धार्मिक स्थलमा पूजापाठ गरे नंवनाग खुसीभई संकट मोचन हुने जन विस्वास रहेको छ । सरकारी जागिरे र वैदेशिक रोजगारीमा रहेका भक्तजनहरुलाई विशेष स्पमा नौमुहले हे या पुकार सून्ने मान्यता रहेको छ।
नौमुठे बोबा यानका विशेषताहरु ऐतिहासिक ढुंगाका हिंदी पुरातन कालदेखि अवस्थित ऐतिहासिक हिंदीहरू। टल्कने ऐना ढुंगा विशेष रूपमा टल्कने प्राकृतिक ढुंगा। भक्तावेश सैनिक स्थल – ऐतिहासिक रुपमा सैनिक गतिविधिसँग सम्बन्धित स्थल। श्री नौमुडे बोबा (राम्भनाय बाबा) यानको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै यसको संरक्षण र प्रवतका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ।



