जुम्ला । स्थानीय उत्पादित रैथाने बालीमा आधारित अर्गानिक दिवा खाजा खुवाउनेमा ताताेपानी कर्णालीकै पहिलाे स्थानीयतह हाे । कर्णालीका ७९ वटा स्थानीय तह मध्य ताताेपानीले अर्गानिक दिवा खाजा प्रर्बद्वनका लागि गरेका अभ्यास अन्य पालिकाका लागि अनुसरण याेग्य पनि छन् ।
प्राय: कार्यक्रमहरुमा पनि सामुदायिक विद्यालयकाे दिवा खाजाकाे सवाल उठ्दा ताताेपानीकाे व्यवस्थापन र निरन्तरताले राम्राे चर्चा पाउने गरेकाे छ ।
ताताेपानीका सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा खुवाउने नीति अघिल्लाे सरकारले ल्यायाे । तर कार्यान्यवन गर्न सकेन् । सरकारकै बजेट अर्गानिक दिवा खाजा निरन्तरता दिन सम्भव थिएन् । दातृ निकायकाे सहयाेग जुटाउन त्यतिबेलाका जनप्रतिनिधिले सकेनन् ।
जब ताताेपानी गाउँपालिकाकाे अध्यक्षका रुपमा २०७९ काे चुनावबाट नन्द प्रसाद चाैलागाँई निर्वाचित भए । उनकाे पहिलाे प्रथामिकतामै सामुदायिक विद्यालय सुधार पर्याे ।
निर्वाचित भएलगत्तै अध्यक्ष चाैलागाँई नेतृत्वकाे टाेली पालिकाका २९ वटै सामुदायिक विद्यालय अनुगमनमा पुग्याे ।
विभिन्न विद्यालयमा पुग्दा सरकारले आधारभूत तह(१-५) कक्षा सम्मका बालबालिकालाई खुवाउने दिवा खाजाकाे व्यवस्थापन,सरसफाई,पकाउने ठाउँ,खुवाउने तवर तरिका हेर्दा अध्यक्ष छक्क परे ।
त्यसपश्चात अध्यक्ष चाैलागाईले याेजना बनाए-‘सामुदायिक विद्यालयमा बालबालिकाकाे पहुँच बृद्वि गर्न,पाेषणमा सुधार ल्याउन र किसानकाे उत्पादनकाे बजारीकरण गर्न ताताेपानीका सबै विद्यालयमा अनिर्वाय अर्गानिक दिवा खाजा खुवाउने ।’
याेजना बनाए पनि पालिकाकाे आफ्नाे बजेट,संघ प्रदेशबाट आउने अनुदानले सम्भव थिएन् । ताताेपानीमा संघ सस्थाकाे उपस्थिती शून्य जस्तै थियाे । तर ताताेपानीका अध्यक्षकाे अथक प्रयासपछि एकपछि अर्काे गर्दै दातृ संस्था भित्रिए । जसमध्य विश्व खाध कार्यक्रमले ताताेपानीकाे दिवा खाजा प्रर्बद्वन गर्न लगानी गर्ने गर्याे ।

विगतमा साँघुरा अध्यारा , जीर्ण देखिने विद्यालयमा अहिले नमुना पक्की भान्साघर बनेका छन् । चिटिक्क परेका पक्की भान्साघर बनेपछि दिवा खाजा कार्यक्रम थप प्रभावकारी बन्दै गएकाे छ ।
कर्णालीमै पहिलाे अर्गानिक दिवा खाजा खुवाउने पालिकाकाे रुपमा ताताेपानी आफ्नाे नाम दर्ज गर्न सफल भएकाे छ । थुप्रै ठाउँमा ताताेपानीले संचालन गरेकाे अर्गानिक दिवा खाजा कार्यक्रमकाे चर्चा समेत हुने गरेकाे छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकाे अभिलेखमा समेत ताताेपानी अर्गानिक दिवा खाजा खुवाउने कर्णाली पहिलाे पालिकाकाे रुपमा उल्लेख छ । यस हिसाबले अर्गानिक दिवा खाजा अहिले ताताेपानीकाे विशेष ब्राण्डका रुपमा स्थापित हुँदै गएकाे छ ।
अनि ब्राण्ड बन्याे दिवा खाजा…
तातोपानीले सुरुवात गरेको अर्गानिक दिवा खाजा प्रर्बद्धनका लागि विश्व खाद्य कार्यक्रमले दुई करोड ३४ लाख बढी लगानी गरेको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईको पहलमा र विश्व खाद्य कार्यक्रमले अर्गानिक दिवा खाजा प्रर्बद्धनका लागि पूर्वाधार निर्माण,उर्जाको समस्या समधान,शिक्षकको क्षमता विकास लगायतका क्षेत्रमा २ करोड ३४ लाख बढी लगानी गरेको हो ।
२०७९ को निर्वाचनपछि तातोपानीले पालिकाका २९ वटै सामुदायिक विद्यालयमा अर्गानिक दिवा खाजा कार्यक्रम व्यवस्थित रुपमा संचालन गरेको थियो । तर आर्थिक अभावका कारणले अपेक्षाकृत रुपमा काम हुन सकेको थिएन् ।
यदपी विश्व खाद्य कार्यक्रम रेरास परियोजना र तातोपानी गाउँपालिकाको संयुक्त लगानी तथा समन्वयमा अर्गानिक दिवा खाजा प्रर्बद्धनका लागि उल्लेखीय काम भएको भेटिएको छ ।
सरकारले सामुदायिक विद्यालयको आधारभूत तहमा दिवा खाजा अनिवार्य गरेपनि,व्यवस्थित भान्साघर,सरसफाई,रैथाने उत्पादनको प्रयोगमा जोड दिएको छैन् ।
तर तातोपानीले कर्णालीकै पहिलो पालिकाका रुपमा दिवा खाजा कार्यक्रमलाई अर्गानिक उत्पादन मात्रै खुवाउने नीति लिएको छ । उक्त दिवा खाजाको निरन्तरता र दिगो व्यवस्थापनका लागि पालिकाको समन्वयमा विश्व खाद्य कार्यक्रमले २ करोड ३४ लाखबढी लगानी गरेको विश्व खाद्य कार्यक्रमका जिल्ला संयोजक चक्र बहादुर जीसिले बताए ।
उनका अनुसार तातोपानीका २९ वटा सामुदायिक विद्यालयमध्य एक करोड ६४ लाख ९५ हजार ४४१ रुपैयाँ लगानीमा १५ वटा विद्यालयमा सुविधायुक्त नमुना भान्साघर निर्माण भएका छन् ।

त्यसैगरी अर्गानिक दिवा खाजा कार्यक्रमलाई संस्थागत गर्न १६ लाख ३३ हजार रुपैया खर्चेर राम्ड अर्थ( माटो थिचेर बनाएको) भान्छा घर निर्माण गरिएको छ । उक्त कालिका आवी हियाखोलामा बनाइएको हो ।
साथै विद्यालयकै ऊर्जा समाधान कार्यक्रम अन्तरर्गत ५४ लाख २४ हजारबढी रुपैयाँ लगानीमा २० वटा विद्यालयमा सुधारिएको चुल्हो दिइएको छ । भने ८ वटा विद्यालयमा विद्युतीय चुल्हो,भोल्टेज स्टेविलाईजर तथा भाडा हस्तान्तरण गरिएको छ ।
कालिका मा वि टोप्ला,जनजागृति मावि तम्ती, जनजागृति मा वि बारागाउ, जनप्रिय आ वि दुङ्ग्री, जनतासेबाक आबि माछली लगायतका १५ विद्यालयमा भान्साघर बनाइएको हो । अर्गानिक दिवा खाजा कार्यक्रमबाट तातोपानीका २८ सय बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईले दुर्गमका विद्यालयमा सुविधायुकक्त भान्साघर बन्दा खुसी लागेको बताए । निर्वाचित भएको लगत्तै पुग्दा दयनिय अबस्थामा देखिएका विद्यालयमा नमुना कक्षा कोठादेखी भान्सा घर बन्दा उत्साहित भएको उल्लेख गरे ।
उनले भने,‘हामी चुनाव जिते लगत्तै विद्यालय अनुगमनमा गयौ । त्यतिबेला कापीका पानामा हलुवा खानु पर्ने स्थिति देख्याै । दिवा खाजाका नाममा चाउचाउ खाएको भेट्यौ । अध्याँरो,सफा सुघर नभएको भान्साघर थिए । त्यसपछि हामीले अर्गानिक दिवा खाजा खुवाउने योजना बनायौ । तर हाम्रो संकल्पमा विश्व खाद्य कार्यक्रमले साथ दियो ।
फलस्वरुप पालिकाका १५ विद्यालयमा नमुना भान्सा घर बने । हाम्रो योजनानुसार भान्साघर निर्माण,भाडा सहयोग,तालिम प्रदान भयो । जसका कारण अर्गानिक खाजा खुवाउनेमा तातोपानी कर्णालीकै पहिलो बनेको छ । अर्गानिक दिवा खाजा ताताेपानीकाे विशेष ब्राण्ड पनि हाे ।’
जुनसुकै कार्यक्रममा जाँदा अर्गानिक दिवा खाजा कार्यक्रमकाे व्यवस्थापन,संचालनकाे प्रशंसा हुँदा अध्यक्ष निकै खुसी पनि हुन्छन् । भने पटक पटक दातृ निकाय लगायत सबैलाई धन्यबाद दिदै आएका छन् ।
अध्यक्ष चाैलागाँईका अनुसार अर्गानिक दिवा खाजा कार्यक्रमबाट पालिकाका २८ सय बालबालिकाका लाभान्वित भएका छन् । भने ६ वटा कृषि सहकारीसंग सम्झाैता गरेर स्थानीय रैथाने वस्तुकाे आपुर्ति भईरहेकाे छ । हप्ताकाे ६ फरक फरक पाेषिलाे परिकार खाईरहेका छन् ।

कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मकृष्ण उपाध्यायले बालबालिकालाई सिकाउने,टिकाउने र विकाउने शिक्षामा तातोपानीले गरेको काम प्रसंशनिय रहेको बताए । साथै अर्गानिक दिवा खााजा खुवाएर बालबालिकाको पोषणमा सुधारसगै किसान उत्पादनमा आर्कषित भएको उल्लेख गरे । विद्यालययमा सुधारिएको चुलो निर्माणपछि राहत भएको छ ।
उनले भने,‘पहिला अध्यारोमा भान्सा थियो । निकै कठिन थियो । अहिले सबै रुपले राहत भएको छ । शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि तातोपानीका अध्यक्ष नेतृत्वको टिमले गरेको कामले शिक्षामा सुधार आएको छ ।’



