अलपत्र हाईअल्टिच्युट टेर्निङ सेन्टर निर्माण अघि बढाउन पहल समिति गठन,टुंगीदै जग्गा विवाद

जुम्ला । जुम्लाकाे पातारासी गाउँपालिका वडा नं. ३ स्थित लाैठचाैरमा निर्माणधिन हाईअल्टी च्युट टेर्निङ सेन्टर निर्माणलाई अघि बढाउन पहल उपसमिति गठन गरिएकाे छ । जग्गा विवाद,सराेकारवालाले चासाे नदिँदा आठ वर्षदेखी अलपत्र टेर्निङ सेन्टर निर्माण कार्य अघि बढाउन पहल समिति गठन गरिएकाे छ ।

जिल्ला खेलकूल विकास समितिकाे प्रमुखका रुपमा आएका कविदत्त न्याैपानेले विशेष चासाे दिदैँ अलपत्र टेर्निङ सेन्टर अघि बढाउन पहल समिति गठन गराउन सफल भएका छन् ।
आईतबार जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चाय र खेलकूद विकास समितिकाे सहजीकरणमा गरिएकाे संयुक्त अनुगमनपछि जग्गा विवाद टुग्याँउन र निर्माण कार्यलाई अघि बढाउन पहल गर्ने निर्णय गरिएकाे छ ।

हालसम्म जग्गा कसका नाममा पास गर्ने ?, आबश्यक जग्गा कसरी प्राप्त गर्ने भन्ने कुराले टेर्निङ सेन्टर निर्माणकाे विषय गिजाेलिएकाे थियाे । आईतबार अनुगमनपछि भएकाे छलफलले पहल समिति गठन गर्ने टेर्निङ सेन्टर निर्माणकाे जग्गा पातारासी गाउँपालिकाकाे नाममा पास गर्ने निर्णय भएकाे छ ।

विगतमा वडा,गाउँपालिका र खेलकुद विकास समिति मध्य कसकाे नाममा जग्गा पास गर्ने विषयमा अन्याैलता भएर जग्गा विवाद चुलिएकाे थियाे । आईतबारकाे निर्णय संगै जग्गा विवाद सुल्टिने र निर्माण अघि बढ्ने बाटाे खुलेकाे छ । यसमा जिसस प्रमुख गाैरीनन्द आर्चाय,खेलकुद विकास समिति प्रमुख कविदत्त न्याैपाने,पातारासीका अध्यक्ष र,उपाध्यक्ष तथा ३ नम्बर वडाध्यक्ष लागि परेका छन् ।

आवासिय भवन सहित हाईअल्टिचुट टेर्निङ सेन्टर निर्माण गर्न ५० हजार वर्गमिटर जग्गा चाहिने १२ हजार वर्गमिटर जग्गा दिन जग्गा दाता तयार छन् ।

बाँकी ३८ हजार वर्गमिटर जग्गा प्राप्तीमा विवाद भएपछि निर्माण कार्य राेकिएकाे थियाे । विद्यालय र स्थानीयबीच जग्गा विवाद चुलिएपछि निर्माण कार्य राेकिएकाे हाे । हाल सम्म करिब दुई कराेड बढी बजेट जग्गा विवाद नटुंगीदै खर्च भईसकेकाे छ । उक्त बजेटले मैदानकाे माटाे सम्याउने मात्रै काम भएकाे छ ।

पछिल्लाे समय जग्गा विवाद चुलिदै गएपछि वर्षेनिक कराेडाै बजेट खर्च हुन नसकेर फिर्ता भएकाे छ । वर्षेनिक बजेट विनियाेजन हुने तर जग्गा विवाद कायमै रहँदा खर्च नहुने समस्या रहेपछि आईतबार सराेकारहरुले अनुगमन गरेका छन् ।

हाईअल्टिच्युट टेर्निङ सेन्टर कर्णाली प्रदेशकै महत्वकाे आयाेजना भएकाले कुनै पनि हालतमा पुर्णता दिनु पर्नेमा समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले जाेड दिए । उनले भने,’यहाँ जग्गा विवाददेखि जनप्रतिनिधिकाे विवादले काम अघि बढ्न सकेन् । जसका कारण वर्षेनिक बजेट विनियाेजन भएपनि खर्च हुन सकेकाे छैन् । अब कुनै पनि हालतमा आयाेजना अघि बढाउन ढिला गर्नु हुदैन् ।’

टेर्निङ सेन्टर निर्माणका लागि पहिलाे पटकका १५ लाख,दाेस्राे पटक ७५ लाख तेस्राे पटक ५० लाख र चाैथाे पटक ५० लाख बजेट विनियाेजन भईसकेकाे छ । करिब दुईकराेड बढी बजेट खर्च भईसक्दा समेत जग्गा विवाद नमिल्दा आयाेजना अलपत्र बनेकाे हाे । विश्वकै सर्वाेच्च स्थानमा धान फल्ने छुमचाैरमा बन्ने हाईअल्टी च्युट टेर्निङ सेन्टर निर्माणपछि पातारासी खेल पर्यटनकाे हब समेत बन्ने अपेक्षा गरिएकाे छ ।

१२ जना मध्यका एक जग्गादाता जग्गादाता रण बहादुर महताराले पहिलानै मन्जुरी नामागरी सकेकाेले टेर्निङ सेन्टर बनाउन जग्गा दिने बताए । उनले भने,’३१ सय वर्गमिटर जग्गा दिन मैले मन्जुरीनामा दिन तयार छु । हदबन्दीका कारण ढिला भएकाे हाे । फुकुवाकाे प्रक्रिया अघि बढाएकाे छु । जग्गा विवादले आयाेजना राेकिने छैन् । मैले जग्गा दिएपछि सबै दिन तयार छन् । दिन्छाै ।’

१२ जना जग्गादाता मध्य ४ जना काे १२ हजार वर्गमिटरकाे लालपुर्जा भएकाे र दिने सहमति भईसकेकाेमा बाँकि ८ जनाकाे जग्गाकाे नापनक्सा तथा भाेकचलन भएपनि लालपुर्जा नहुँदा समस्या भएकाे छ ।

हाईअल्टि च्युट टेर्निङ सेन्टर निर्माणका समस्या समस्या समधान गर्न पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाकाे संयाेजकत्वमा पहल समिति गठन गरिएकाे छ । उपाध्यक्ष राेकायाकाे संयाेजकत्वमा ३ जना वडाध्यक्ष सहित ७ सदस्यीय पहल समिति गठन भएकाे हाे । उक्त समितिले जग्गा विवाद मिलाउने देखि अन्य सबै कामकाे कानुनी प्रक्रिया पूरा गरि निर्माणकाे बाटाे खुलाउन काम गर्ने छन् ।

पातारासीकी उपाध्यक्ष तथा पहल समिति संयाेजक जनमाया राेकायाले प्रदेशकै गाैरबकाे आयाेजनाका रुपमा सबैले साथ दिएर टेर्निङ सेन्टर अघि बढाउनु पर्ने बताईन् । कसैकाे स्वार्थ नबाझिएकाे र केही प्रक्रियागत जटिलताले समस्या भएपनि अब निर्माण कार्यलाई अघि बढाईने उनकाे भनाई छ ।

सात कराेड बढी बजेट फिर्ता
जग्गा विवादका कारण हाईअल्टिच्युट टेर्निङ सेन्टर निर्माणका लागि आएकाे कराेडाै बजेट फ्रिज हुने गरेकाे छ । चालू आर्थिक वर्षका लागि संघबाट विभिन्न निकायमा आएकाे सात कराेड २९ लाख बजेट फ्रिज भएकाे छ ।

खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्याैपानेले सुरुमा एक विद्यालय,एक खेलमैदान कार्यक्रम अनुसार टेर्निङ सेन्टर निर्माण सुरु भएकाे बताए । पछि जग्गा लगायत अन्य कारणले अलपत्र परेकाे हाे । उनले भने,’अहिले संघबाट आएकाे ७ कराेडबढी बजेट फिर्ता भएकाे छ । टेर्निङ सेन्टरलाईनै अघि बढाउन म विशेष चासाे दिएकाे छु ।

सबैकाे साथले अघि बढ्छ । जग्गादाता,स्थानीय सरकारवालले सहयाेग दिन आबश्यक छर। आगामी आवमा २२ कराेड आएकाे छ । चालु आवमा एक कराेडकाे प्याराफिट निर्माण गरेका छाै ।’

पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बाेहाेराले सुरुमै टेर्निङसेन्टर बनाउदा जग्गा विवाद टुग्याउनु पर्नेमा हचुवामा काम भएकाे बताए । अब प्रदेशकै गाैरबकाे आयाेजना भएकाले सबै मिलेर अघि बढाउनु पर्नेमा जाेड दिए ।

पातारासी गाउँपालिका वडा नं ३ का अध्यक्ष गाेविन्द रावतले पातारासी समृद्वि संग जाेडिएकाे आयाेजना सफल बनाउन सबैकाे एकजुट हुनु पर्ने बताए । उनले भने,’विगतमा विद्यालयकाे जग्गामा मै संरचना निर्माण भईहाल्छ भन्ने थियाे । पछि गर्न नमिल्ने कुराे भयाे । छेउमै रहेकाे सार्वजानिक जग्गामा विद्यालय सार्ने र विद्यालयकाे जगगा सहित नीजि जग्गामा ट्रेनिङ सेन्टर निर्माण सुरु गर्याै । पछि जग्गाकाे विवादले राेकिएकाे हाे । अब जग्गा दिन सबै तयार छन् । निर्माण हुने आशा पलाएकाे छ ।’

सामाजिक विकास कार्यालयका प्रमुख टाेप बहादुर बुढाले दुुइ पटक मन्त्रालयबाट ५० लाख र ७५ लाख बजेट टेर्निङ सेन्टर बनाउन बजेट आएपछि अख्तियारमा उजुरी परेपछि बजेट आउन छाेडेकाे बताए । उनका अनुसार जग्गा विवाद टुग्याएपछि बजेटकाे अभाव नहुने र सबै विवाद समधानमा केन्द्रि हुनुपर्छ ।जग्गा पास नभए सम्म अब काम अघि बढाउनु नहुनेमा उनले जाेड दिए ।

प्रकाशित मिति : २०८२ असार १ गते आइतवार
प्रतिक्रिया दिनुहोस