जुम्ला । नेपालले वार्षिक ५५ अर्ब रुपैयाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात गरिरहेका बेला दैलेखमा स्वदेशमै ठूलो परिमाणको प्राकृतिक मिथेन ग्यास फेला परेको छ ।
चाइना जियोलोजिकल सर्भेले गरेको प्रारम्भिक अध्ययन अनुसार दैलेखको भैरवी गाउँपालिकास्थित जलजले क्षेत्रमा करिब ११२ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डारण रहेको पुष्टि भएको छ । सन् २०१९ देखि भइरहेको अध्ययनले नेपाललाई ५०–६० वर्ष पुग्ने ग्याँस भएको देखाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार प्रतिवेदन प्राप्त भएको ७५ दिनभित्र ग्याँसको प्रारम्भिक उत्पादन सुरु गर्ने योजना छ ।
खानी तथा भूगर्भ विभागकाका अनुसार ग्याँसको ९० प्रतिशतभन्दा बढी मिथेन रहेको छ । जुन एलपी ग्याँसको तुलनामा अधिक वातावरणमैत्री मानिन्छ। अध्ययनले यस ग्याँसको बजार मूल्य ८५ अर्ब अमेरिकी डलर बराबर हुने अनुमान गरेको छ ।
हालसम्म ४,०१३ मिटर गहिरो ड्रिलिङ गरिएको छ, जहाँ ९० प्रतिशतभन्दा बढी शुद्ध मिथेन पाइएको छ । व्यावसायिक उत्पादनका लागि सरकारलाई नयाँ कम्पनी खोल्ने वा निजी क्षेत्रलाई सहभागी गराउने तयारी भइरहेको छ ।
पेट्राेलियम पर्दाथ अन्वेषणकाे सुखद नतिजाले कर्णालीलाई खुसी दिएकाे नेकपा एमालेका स्थायी कमिटि सदस्य गाेरख बहादुर बाेगटीले बताए ।

वि.सं.२०७२ सालमा भारतले नेपालमाथी लगाएको नाकाबन्दीको परिणाम स्वरुप नेपालमा ग्याँस र इन्धनको आपुर्तिमा संकट आएको थियो । भारतको त्यो रवैयाले नेपालमा ग्याँस र इन्धनको संकट तत्कालीन अवस्थाको लागि मात्र नभएर भविष्यमा पनि यस्तो घटनाले नेपाललाई संकट परिरहने कुराको महशुस गरी दीर्घकालीन समाधानको उपाय खोजिएकाे थियाे ।
तत्कालीन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा पेट्रोलियम पदार्थ र ग्याँसको अध्ययन गर्नका लागि चीन सरकारलाई अनुरोध गरेकाे थियाे ।
नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका बाेगटीले भने,’तत्कालीन केपी ओली नेतृत्वकाे सरकारले गरेकाे अनुराेधका आधारमा बिगत केही बर्ष यता चिनिया टोलीले नेपालका विभिन्न सम्भाब्य पेट्रोलियम खानीमा पुगेर नमुना संकलन गरेको थियो । त्यसैको परिणाम स्वरुप अहिले दैलेखकाे भैरवी गाउँपालिका वडा नम्बर-१ को रावतकोट जलजलेमा केही महिना अघिदेखी चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङ अर्थात जमिन खनेर गरिएको अन्वेषणको प्रारम्भिक प्रतिवेदनले कर्णालीमा अर्बाैकाे प्राकृतिक ग्याँस रहेकाे छ । जसले कर्णाली देशकै समृद्ध बन्ने निश्चित छ ।’
सो प्रतिबेदन अनुसार १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास(प्राकृतिक ग्यास) भएको पुष्टि भएको सुखद खबरले हामी सबै नेपालीलाई खुशी तुल्याएको ईन्चार्ज बाेगटीकाे भनाई छ । कर्णालीकाे समृद्धिका लागि केपी ओलीकाे पालनामा भएकाे कामले दुर्गामी महत्व राखेकाे छ ।
अन्वेषणमा संलग्न चिनियाँ विज्ञ टोलीका अनुसार यो मिथेन ग्याँस नेपाललाई ५० वर्ष पुग्ने अनुमान पनि गरिएको छ । साथै मिथेन ग्याँस पेट्रोल,डिजेलको तुलनामा स्वच्छ इन्धन रुपमा मानिएकाे छ ।
सरकारका प्रतिनिधिहरूका अनुसार प्राविधिक टोलीले बिस्तृत रिपोर्ट बुझाएपछी ग्याँस उत्पादन प्रक्रिया अघि बढ्ने छ । यो ग्याँसलाई व्यावसायिक प्रयोजनमा ल्याउन सकेमा देशको आर्थिक बिकासको बलियो आधार बन्न सक्ने स्पष्ट छ ।
उनले थपे,’याे महत्त्वपूर्ण अभियानका थालनीकर्ता एवम् प्रभावकारी कार्यान्वयनको नेतृत्वकर्ता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल सरकारप्रती बिशेष धन्यवाद सहित आभार प्रकट गर्दछु । नेपालमा केही भएको छैन भनेर अफबाह फैलाउन कुचेष्टा गरिरहेकाहरुले अब त भएको/ भैरहेको देखे होलान् ।’



