जुम्ला । कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशमै प्रथम भएकाे छ । गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक विनियाेजित कार्यक्रम कार्यान्वयनमा डिभिजन वन कार्यालय प्रथम भएकाे हाे ।
कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्य उत्कृष्ट कार्यसम्पादन गरेकाेमा डिभिजन वन कार्यालयलाई सम्मान समेेत गरिएकाे छ ।
हाल डिभिजन वन कार्यालय जुम्ला जुम्लाकै भरत बुढ्थापाले हाकि रहेका छन् । उनकाे कार्यसम्पादन,कर्मचारी परिचालन तथा समन्वयकाे कार्यकाैसलता कार्यक्रम कार्यान्वयमा देखिएपछि डिभिजन वन कार्यालय जुम्ला कर्णालीमै प्रथम हुन सफल भएकाे हाे
सुर्खेतमा आयाेजित कर्णालीका ११ वटै डिभिजन वन कार्यालयकाे प्रगती समिक्षा कार्यक्रममा उत्कष्ट वन डिभिजनलाई सम्मान गरिएकाे छ ।
उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए । सम्मान पत्र ग्रहण गर्दै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले कर्णाली प्रदेशमै उत्कृष्ट कार्यालयमा घाेषित भएपछि थप जिम्मेवारी महसुश भएकाे बताए ।
ताेकिएकाे जिम्मेवारी पूरा गर्दै गर्दा तालुक निकायबाट कामकाे प्रशंसा हुँँदा खुसी लागेकाे उनकाे भनाई छ ।
मन्त्रालय अन्तर्गत वार्षिक विनियाेजित कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा डिभिजन वन जुम्लाले गरेकाे काम अन्य जिल्लाका लागि पनि अनुसरण याेग्य रहेकाे मन्त्रालयका सचिव शेर बहादुर श्रेष्ठलेे बताए । डिभिजन वन कार्यालय जुम्लाकाे कुल बजेटकाे ७८.३५ प्रतिशत खर्च भएकाे छ ।



