शिक्षालयद्वारा मन्त्री भण्डारीलाई सम्मान, चालू आवमा बजेटकाे माग

जुम्ला । कर्णाली प्राविधिक शिक्षालयद्वारा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भणडारीलाई सम्मान गरिएकाे छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा शिक्षालयकाे स्तराेन्नतिका लागि बजेट व्यवस्थापन गरिएकाेमा धन्यबाद सहित शिक्षालयका प्रमुख टेकेन्द्र थापाले मन्त्री भण्डारीलाई कदरपत्र सहित सम्मान गरेका हुन् ।

विहिबार मन्त्रालयमै पुगेरमन्त्रीलाई कदर पत्र हस्तान्तरणसं चालू आवका लागि बजेट व्यवस्थापन गरिदिन समेत माग गरेका हुन् ।

शिक्षालयमा अझै पूर्वाधारकाे अभाव रहेकाे र केही भवनकाे मर्मत गर्नु पर्ने भएकाले चालू आव २०८२/८३ मा बजेट व्यवस्थापन गरिदिन मागपत्र पनि पेश गरेकाे शिक्षालय प्रमुख थापाले कर्णाली मिसनलाई जानकारी दिए । उनका अनुसार शिक्षालय विभित विषयमा मन्त्रीसंग छलफल गरिएकाे छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस