पूर्वाधार विकास जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत, बजेट कार्यान्वयनमा सुधार

जुम्ला । जुम्लामा रहेको कर्णाली प्रदेश सरकार मातहतको विकासे अड्डा पूर्वाधार विकास कार्यालय पुँजीगत खर्चमा उल्लेखीय सुधार आएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय मार्फत जिल्लाको विकास निर्माणको लागि आएको बजेट कार्यान्वयनमा विगतको वर्षभन्दा पूर्वाधार विकास कार्यालय जुम्लाले सुधार ल्याएको हो ।

पूर्वाधार विकास कार्यालय जुम्लामा पुँजीगत तर्फ विनियोजित कूल बजेटको ९३.८३ प्रतिशत बजेट कार्यान्वयन भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा पुँजीगत तर्फ कूल ३७ करोड ३४ लाख बजेट विनियोजन भएकोमा खर्च ३५ करोड ३ लाख ६१ हजार अर्थात ९३.८३ प्रतिशत खर्च भएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले बताए । उनका अघिल्लो आ.व.को तुलनामा गत वर्षको विकास बजेट कार्यान्वयनमा सुधार आएको छ ।

जबकी आ.व. २०८०÷८१ म पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७४ प्रतिशत मात्रै भएको थियो । जबकी त्यो वर्षमा पुँजीगत बजेट ५७ करोड रहेकोमा ४२ करोड मात्रै खर्च भएको थियो । त्यस्तै गत आवमा चालु तर्फ विनियोजित कूल एक करोड २५ लाख बजेट मध्य एक करोड १० लाख २५ हजार अर्थात ८८ं.२१ प्रतिशत चालु खर्च भएको देखिन्छ ।

बजेट कार्यान्वयनमा सुधार ल्याएपनि बहुवर्षिय ठुला आयोजना नहुँदा टुक्रे योजना कार्यान्वयनमा झन्झट भएको छ । कार्यालय प्रमुख सिंह भन्छन,‘पूर्वाधार विकास कार्यालय प्रदेशको एकमात्र विकासे कार्यालय हो । तर कर्णालीका १० जिल्ला मध्य जुम्लामा सबैभन्दा न्यून बजेट छ । नयाँ प्रस्तावित बहुवर्षिय आयोजना स्वीकृत भएका छैनन् । केही पूराना बहुवर्षिय र साना आयोजना कार्यान्वयन मात्रै गरेका छौ । सिमित स्रोत साधनका बीच तोकिएको जिम्मेवारी पूरा गरेका छौ ।’

२८ योजना सम्पन्न
पूर्वाधार विकास कार्यालय जुम्लाले गत आर्थिक वर्षमा विनियोजन भएका मध्य ३५ करोड बजेट खर्चेर २८ वटा योजना सम्पन्न गरेको छ । सडक, मोटरेबल पूल, झुलंगे पूल लगायतका पूर्वाधार विकासका २८ वटा योजना सम्पन्न भएको सूचना अधिकारी दत्त बुढ्थापाले बताए । कूल योजना संख्या ४८ वटा रहेकोमा सम्झौता ४२ वटा भएको र असार मसान्त सम्ममा २८ योजना सम्पन्न भई अन्तिम झुक्तानी भएको बुढ्थापाले जानकारी दिए ।

हाल १३ वटा योजना कार्यान्वयनकै चरणमा रहेका छन् । चार वटा योजना विवित कारणले कार्यान्वयननै हुन सकेनन् । बहुवर्षिय तथा स्रोत सुनिश्चित भएका चार वटा आयोजना मध्य एक आयोजना सम्पन्न भएको छ । भने तीन वटा कार्यान्वयनकै चरणमा छन् । सडक निर्माण योजना १९ वटा रहेकोमा १७ वटा सडक निर्माण सम्पन्न भएका छन् । भने एउटा योजना मात्रै कार्यान्वयन चरणमा रहेको छ । जम्मा पाँच वटा मोटेरेबल पूल मध्य एउटा पूल मात्रै सम्पन्न भएको छ । बाँकी चार धमाधम निर्माण भईरहेका छन् ।

त्यसैगरी चार वटा योजना भने कार्यान्वयनै हुन नसकेको पाइएको छ । मन्त्रालयबाट विनियोजन भएको तर जिल्लामा विभिन्न कारणले चार वटा योजना कार्यान्वयन नभएको पूर्वाधार विकास कार्यालय प्रशासन शाखा प्रमुख धर्मराज रावलले बताए ।

उनका अनुसार सुन्दरखोला मट्टीचिहानसम्म सडक निर्माण (ठेक्का भएको जग्गा विवाद) जोगिबाडा पक्की पूल निर्माण (न्यून बजेट) मसानघाट जिम्री जिउला झुलंगे पूल निर्माण (जग्ग विवाद) लोटी कर्णालीको दार्मा पिललांगासडक पूल निर्माण (यो ठाउँ जुम्लामा नभएको) योजना कार्यान्वयन नभएका हुन् ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस