सिमकोट विमानस्थलको धावमार्ग विस्तार हुँदै

हुम्ला स्थित सिमकोट विमानस्थल । फाईल तस्बिर

जुम्ला । हुम्लास्थित सिमकोट विमानस्थल विस्तारको लागि जग्गा अधिग्रहण हुने भएको छ । विमानस्थलको धावन मार्ग विस्तारको लागि जग्गा अधिग्रहण हुने भएको हो ।

जग्गा अधिग्रहणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयले २७ करोड ९४ लाख विनियोजन गरेको छ ।
०८२ साउन ३० गते पठाइएको पत्रानुसार बजेट विनियोजित भएको सिमकोट नागरिक उड्डयान कार्यालय हुम्लाले जनाएको छ ।

धावन मार्ग विस्तारको लागि जग्गा अधिग्रहण गर्न बजेट आएको नागरिक उड्डडान कार्यालय हुम्लाका प्रमुख महेन्द्र बहादुर सिहंले बताए । वर्षे सिजनमा लुक्लापछिकै व्यस्त विमानस्थल मध्ये सिमकोट विमानस्थल पर्दछ । कोभिड पछि नेपालगन्जबाट सिमकोट विमानस्थल हुँदै मानसरोवर कैलाश दर्शन गर्न भारतीय तिर्थयात्रीहरू भित्रिएका छन् ।

३ हजारदेखि ५ हजारसम्म भारतीय तिर्थयात्रीहरूले सिमकोट विमानस्थल हुँदै मानसरोवर भित्रिएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस