स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार, घटनाका आरोपित पक्राउ

हुम्लामा एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार भएको छ । ताँजाकोट गाउँपालिकामा स्वास्थ्य सम्वन्धी काम गर्दै आएकी स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार भएको हो ।
महिला स्वास्थ्यकर्मीमाथि यौन दुव्र्यवहार गर्ने ताँजाकोट गाँउपालिका– ३ मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढालाई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोख्रेलका अनुसार भदौँ १० गते राती करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्दक बनाएर राखेको भन्ने सूचनाको आधारमा छप्रेला प्रहरी चौकीको टोलीले राती नै पक्राउ गरेको हो । स्वास्थ्य चौकी इन्चार्ज शर्मासहित तीनै जनाले मदिरा सेवन गरी उनको कोठामा गएर सामुहिक बलात्कार प्रयास गरेका हुन् ।
डिएसपी पोख्रेलले भने, घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । प्रारम्भिक रुपमा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्ने छ । उनीहरूलाई पक्राउ गरे लगत्तै दुबै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याइएको छ ।
मदिरा सेवन गरि रातिको समयमा महिला स्वास्थ्कर्मीको कोठामा गई विभिन्न खाले यौन दुव्र्यवहारका कुराहरू गरेपछि उनी कर्मचारीले आफ्नो संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराएकी थिइन् । उक्त संस्थाको केन्द्रीय कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएपछि दुव्र्यवहार आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस