वर्षौदेखि संचार बिहिन हियाखोला: फोन गर्न डाडा चर्हाने दु:ख, सरकार मुखदर्शक

जुम्ला ।  जहाँ अहिले पनि घरबाट टाढा रहेका परिवार आफन्तसंग फोन गर्न डाडा चर्हानु पर्छ । गाउँ भन्दा माथिको अग्लो डाडा र तल राजमार्गमा नआई मोवाईलमा टावर टिप्दैन् । डाटा चल्ने, ईन्टरनेट चलाउने कुरा त परै जावस आपत विपद पर्दा समेत खबर आदान प्रदान गर्न कठिन छ । त्यो गाउँ कतै टाढाको दुर्गम गाउँ नभई राजमार्गसंग जोडिएको तातोपानी गाउँपालिका वडा नं ६ स्थित हियाखोला गाउँ हो । 

एक सय घरधुरी रहेको हियाखोला गाउँले संचार बाहेक सबै क्षेत्रमा काँचुली फेरिसक्यो । पानी अभावले धानका खेत चिरा पर्ने हियाखोलामा पालिकाले लिफ्ट सिँचाई पुराईसक्यो । पानी, बत्ती, बाटो सबै पुगिसकेको छ  । यति सबै विकास भईसकेको हियाखोला गाउँमा संचार सेवा विस्तार नहुँदा अन्य विकास अर्थहिन जस्तै छ । 

वर्गिय हिसावले हियाखोला दलितहरुको बाहुल्य भएको गाउँ हो । जहाँ आधारभूत आबश्यकता भित्र पर्ने संचार सेवा भने अझै विस्तार हुन नसक्नु दुखद पक्ष मात्र होईन संघियता पछि भएका आबश्यकता मुखी विकासको उपहास हो । 

देशमा दुर्गम क्षेत्रमा फोर जी फाइभ जी संचालन भएको खबर सुन्दा हियाखोलाबासीहरु आफ्नो गाउँको अबस्था देखेर छक्क पर्छन् । सूचना र प्रविधिको युगमा पनि सम्पर्क विहिन हुनु पर्ने हियाखोलाबासीको बाध्यताको अन्त्य कहिले हुने ? यो प्रश्न गर्न थालेको पनि वर्षौ भयो । तर तीनै तहका सरकार अनुत्तरित छन् । संचार सेवा नहुँदा भोग्नु परेको समस्या प्रति सरोकारवाला अनुदार छन् । जसका कारण गुमनाम भएर बस्न बाध्यछन् हियाखोलाबासी ।

अहिले पनि नेटवर्क खोज्दै डाँडा उक्लनु पर्ने बाध्यता छ । स्थानीय हर्क कामी भन्छन,´संचार सेवा नहुँदा हियाखोलाका नागरिक प्रविधिको पहुँचबाट टाढाछन् । केहिले वाईफाई राखेपनि, फोनमा कुरा गर्न कठिन छ । रातको समयमा कसैसंग सम्पर्क हुन्न । कहिले जटिल विरामी पर्दा समेत खबर गर्न मुस्किल छ ।`

रातमा कसैलाई एक्कासी सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्यकर्मी , एम्बुलेन्ससँग सम्पर्क गर्ने सहज अबस्था पनि छैन् । स्थानीय बासिन्दाहरूका अनुसार पटक–पटक जनप्रतिनिधि, सम्बन्धित निकाय र सरकारसम्म माग पुर्‍याउँदा पनि केवल आश्वासन मात्रै पाएको स्थानीयको गुनासो  छ । 

स्थानीयतहका जनप्रतिनिधिहरु आफ्ना समस्याहरु प्रति गम्भीर नभएको उनिहरुको दुखेसो । हियाँखोलामा टावर नहुँदा वैदेशिक रोजगारीमा रहेका आफन्तसँग सम्पर्क गर्न समेत गाउँ का डाडा मा गएर डाटा चलाउने बाध्यता छ । सूचना र सञ्चारको पहुँच नागरिकको मौलिक अधिकार भए पनि राज्यले हियाँखोलाका नागरिकलाई यो अधिकारबाट बञ्चित गराएको छ ।

छिटोभन्दा छिटो मोबाइल टावरको व्यवस्था हुनुपर्ने,ध्यानाकर्षण र कडा दबाबका कार्यक्रम अघि बढाइने,सरकार र दूरसञ्चार सेवा प्रदायक र सम्बन्धित निकायले हियाखोलाको पीडा नसुने आन्दोलनका कार्यक्रम अघि बढाउने समेत हियाखोला बासीको चेतावनी छ ।

प्रकाशित मिति : २०८२ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस