स्याउ बिमाको क्षति मुल्यांकनमा त्रुटि, प्रमाण लिएर वार्तामा आउन शिखरलाई प्रशासनले काट्यो पत्र

जुम्ला । जुम्लामा स्याउ बिमाको क्षति मुल्यांकनमा त्रुटि हुँदा प्रिमियम शुल्क भन्दा क्षतिपुर्ति रकम कम पाउने भएपछि किसान आन्दोलनको तयारीमा छन् । बिमा कम्पन्नीले हचुवाका भरमा क्षति मुल्यांकन गरी प्रिमियम शुल्क भन्दा कम दाबी भुक्तानी दिन लागेपछि किसान आक्रोसित भएका हुन् । 

भविष्यमा हुन सक्न कुनै पनि क्षतिको जोखिम बहन गर्न राहत उपलब्ध गराउन बिमा गर्नु पर्ने प्रावधान छ । यदी क्षति भएको खण्डमा पोलिसी अनुसार क्षतिपुर्ति रकम प्रदान पनि गरिन्छ । यदी क्षति भएन् भने कम्पन्नीले कुनै राहत दिन्न । भने सेवा निरन्तरताका लागि बिमा नविकरण गर्नुपर्छ । 

तर शिखर ईन्सोरेन्सले भने जुम्लाका किसान अच्चमित हुने गरी दाबी भुक्तानी दिन थालेपछि किसान आक्रोसित भएका हुन् । तातोपानी क्षेत्रमा खडेरी र असिना केही नपरेको मौसम पूर्वानुमानको रिर्पोट छ । यो हिसाबले तातोपानीका किसानले कुनै क्षतिपुर्तिनै नपाउनु पर्ने हो ।  

तर शिखर ईन्सोरेन्सले निकै अचम्मीत हुने गरी एकातिर खडेरी नपरेको भन्ने र अर्कोतिर तिरेको प्रिमियम शुल्क ३६ भन्दा १२ रुपैयाँ कम दाबी भुक्तानी २४ रुपैयाँ मात्रै दिने अच्चमित निर्णयले तातोपानीका किसान आक्रोसित छन् । खडेरी परेको, असिना परेको तथ्य हुँदा हुँदै पनि के आधारमा खडेरीनै नपरेको भनेर रिर्पोट दिईयो भन्ने कुरा अनुसन्धान र छलफलको विषय बनेको छ । 

स्याउ बिमाका विभित विषयमा भएको तिरेको प्रिमियम भन्दा घटाएर दिने त्रुटिपूर्ण मुल्यांकन र निर्णय सच्याउन जुम्लाका किसानले माग गरेका छन् ।

बुधबार जिल्ला प्रशासन जुम्लामा भएको छलफलले त्रुटिपूर्ण बिमा मुल्यांकन सच्याउन, खडेरी,वर्षा भए नभएको वास्तविक रिपोर्ट ल्याउनु पर्ने, एउटै भूगोलमा कसैले बढी पाउने कसैले कम पाउने कसरी भयो ? चित्त बुझ्दो जवाफ दिनुपर्ने माग सहित शिखर ईन्सोरेन्स केन्द्रिय कार्यालयलाई पत्र पठाइएको छ । 

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कम्पन्नीका सिओलाईनै सम्पर्क गरी जुम्लामा देखिएको समस्या समधान गर्न पत्र पठाएका छन् । अबको पाँच दिन भित्र जिम्मेवारी पदाधिकारी जुम्ला आएर किसान संग बसी समधान निकाल्न समेत अनुरोध गरिएको छ । पाँच दिन भित्र आधार प्रमाण सहित आउन समेत शिखर ईन्सोरेन्सलाई प्रशासनले पत्र काटेको छ । 

जुम्लाका आठ पालिका मध्य तातोपानी, पातारासी र कनकासुन्दरी गाउँपालिका बाहेक अन्य पालिकाका किसानले थोरै भएपनि क्षतिपुर्ति पाएका छन् । भने तीन पालिकाका किसानले प्रिमियम शुल्क भन्दा दाबी भुक्तानी कम पाउने भएपछि लिन मानेका छैनन् । 

तातोपानी गाँउपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले एकै भूगोलका किसानलाई विभेदकारी रुपमा दाबी भुक्तानी दिएकाले किसान आक्रोसित बनेको बताए । अबको एकहप्तामा निकास ननिस्कीए सडकमा आन्दोलन हुने उनको भनाई छ । 

शिखर  इन्स्येरेन्स,केन्द्रीय कार्यालय, थापाथलिलाई पत्र लेख्दै विमा कम्पनिवाट जुम्ला तातोपानी गाउँपालिका भित्रका कति जना किसान र विरुवा संख्याक विमा भएको थियो तथ्याङ्क पेश गर्न,जुम्ला जिल्ला तातोपानी गाउँपालिकाका आ.व. २०८०÷०८१ का स्याउ विमित किसानको विमा क्षति मुल्यांकनको आधारमा के कसरुी गरिएको हो लिखित आधार पेश गर्न माग गरिएको छ ।

खडेरी परेको समयमा ठेगाना फरक र भूगोल एउटै हुँदा नगरपालिकामा प्रति विरुवा रु.६३८ र तातोपानी गाउँपालिकामा २४ रुपैंया मुल्यांकन के कसरी गरिएको हो लिखित जानकारी गराउन र सोही समयको मौसम मापन केन्द्र, तातोपानीको दैनिक डिजिटल रिपोर्ट पेश गर्न सहित ४ बुदे माग सहित शिखर ईन्सोरेन्स केन्द्रलाई पत्र पठाईएको तातोपानी गाउँपालिका प्रवक्ता अम्मर बहादुर रोकायाले बताए । 

त्रुटिपूर्ण निर्णय गर्दै दाबी भुक्तानी दिन खोजिएकाले अबको पाँच दिन भित्र निष्र्कष नआए अबस्था तनावपूर्ण किसानले चेतावनी दिएका छन् । 

यता शिखर ईन्सोरेन्सका कर्णाली ईन्चार्ज रिसिराम पाण्डेले सरकारले दिने २३ करोड कृषि अनुदान नदिँदा दाबी भुक्तानी दिन समस्या भएको बताए । तातोपानी, कनकासून्दरी र पातारासीका किसानका हकमा बीमा मुल्यांकनमा केही समस्या देखिएको उनको भनाई छ ।

जुम्लाका कुल ५ हजार ३ सय ७९ जनाले स्याउ बिमा गरेकोमा हाल सम्म ६५५ जनाले क्षतिपुर्ति पाएका छन् । ९४७ जनाको प्रक्रिया पुरा भई प्रदान गर्ने तयारी छ  । २९४ जना किसानको हस्ताक्षर नहुँदा भुक्तानी ढिला भएको छ । कम राहत पाउने भएपछि तातोपानीका किसानले हस्ताक्षर नगरेका हुन् ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस