रवि लामिछाने । फाईल तस्बिर ।
जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीलाई उच्च अदालत बुटवलले रिहा गर्न आदेश दिएको छ। सहकारी संस्थाको ठगी मुद्दामा धरौटी बुझाएर थुनाबाट बस्न पाउने उनीहरूको निवेदनलाई अदालतले स्वीकृति दिएको हो।
लामिछाने र जोशीले बिगो रकम बुझाएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए, जुनअघि जिल्ला अदालतले अस्वीकार गरेको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतको निर्णयपछि लामिछाने नख्खु कारागारबाट र जोशी भैरहवा कारागारबाट रिहा हुने भएका छन्। लामिछानेले आफूलाई ठगीमा संलग्न नरहेको दाबी गर्दै आएका थिए।
प्रकाशित मिति : २०८२ पुष ४ गते बिहिवार



