जुम्ला । राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) जुम्लाबाट उम्मेदवार सिफारिस गरेको दुई वटा पत्र सार्वजनिक भएपछि पत्रको आधिकारिकता माथि प्रश्न खडा भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपा जुम्लाले छुट्टा छट्टै दुई पत्र सार्वजनिक गरेपछि आधिकारिता माथि प्रश्न उठेको हो ।
कार्यबाहक अध्यक्ष देविकृष्ण न्यौपानेको हस्ताक्षरमा प्रतिनिधि सभामा ज्ञानेन्द्र बहादुर शाहीलाई एकल सिफारिस सहित समानुपाति तर्फ पुरुष, महिला र दलित गरी १५ जनाको नाम सिफारिस गरेको पत्र सार्वजनिक भएको थियो ।
जुम्ला सहित देशका ६ जिल्लाबाट ज्ञानेन्द्र बहादुर प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस भएको समचारले बुधबार निकै चर्चा पनि पायो । तर त्यो चर्चा चलेको केही समय नबित्दै ज्ञानेन्द्र शाहीकै जिल्ला जुम्लाबाटै राप्रपाको उम्मेदवार सिफारिसको अर्को पत्र सार्वजनिक भयो ।
कार्यबहाक अध्यक्ष भवानी प्रसाद न्यौपानेको हस्ताक्षरमा प्रत्यक्ष तर्फ भिम बहादुर शाही सहित समानुपाति ५ जना गरी ६ जनाको नाम सिफारिस गरेको पत्र सार्वजनिक भएपछि कुन पत्र आधिकारिक हो ?भन्ने कुराले जनतामा प्रश्न उब्जीएको छ ।
यसैबीच हामीले राप्रपा पार्टीको विशेष स्रोत संग बुझ्दा कार्यबाहक अध्यक्ष देविकृष्ण न्यौपानेले हस्ताक्षर गरी उम्मेदवार सिफारिस गरेको पत्र आधिकारिक रहेको बुझिएको छ ।
किनकी राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले नै आधिकारिक कार्यबाहक अध्यक्षकको जिम्मेवारी देविकृष्ण अधिकारीलाई दिएको र फागुन २१ गते हुने निर्वाचनको उम्मेदवार सिफारिस गर्न समेत जिम्मेवारी तोकेको पत्रले ज्ञानेन्द्र शाहीलाई सिफारिस गरेको पत्र आधिकारिक रहेको राप्रपा एक नेताले बताए ।

मंसिर ७ गतेका दिन राप्रपा जुम्लाका उपाध्यक्ष देविकृष्ण न्यौपानेलाई कार्यबाहक अध्यक्षकको जिम्मेवारी तोकिएको थियो । राप्रपा केन्द्रिय अध्यक्ष लिङ्देनद्धारा मंसिर ७ गते हस्ताक्षरित पत्रमा भनिएको छ,‘उपरोक्त सम्बन्धमा तपाईलाई जुम्ला जिल्ला कार्य समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको व्यहोरा सहर्ष जानकारी गर्दछु । जुम्ला जिल्लाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुसँग समन्वय गरि जिल्ला अधिवेशनको तयारी गर्नुका साथै फाल्गुन २१ गते हुने प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरुको नामावली र जिल्ला निर्वाचन समितिको लागि नामहरु सिफारिस समेत गर्न हुन अनुरोध छ । हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।’
यो पत्रले देविकृष्ण न्यौपानको पत्र आधिकरिक हो भन्ने स्पष्ट पारेको छ । भने भवानीप्रसाद न्यौपानेले मनपरी रुपमा पार्टीको लेटरप्याडको दुरुपयोग गरी उम्मेदवार सिफारिसको पत्र पठाएको समेत राप्रपा नेताहरुकै आरोप छ । भवानी प्रसाद न्यौपानेको हस्ताक्षरमा प्रतिनिधि सभा तर्फ भिम बहादुर शाहीको नाम सिफारिस गरिएको छ । भने, समानुपातिक तर्फ सविता कुमारी बस्नेत (महिला,पिछे), बसन्ती शाही( खष आर्य), जानकी सुनार (दलित महिला), भवानी न्यौपाने र जयन्त महतको नाम सिफारिस गरी पठाइएको छ ।

यता कार्यबहाक अध्यक्ष देविकृष्ण न्यौपानेको हस्ताक्षरमा प्रत्यक्ष तर्फ ज्ञानेन्द्र शाही सहित समानुपातिक पुरुष तर्फ ८ जना,समानुपातिक महिला तर्फ ३ जना र दलित ३ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ पुरुष तर्फ रमानन्द न्यौपाने,विर्ख बहादुर कठायत,पूर्णसिंह कठायत,गंग प्रसाद उपाध्याय,बिन बुढा,जयन्त महत,अनिल थापा र असमिन सेजुवालको नाम सिफारिस गरिएको छ ।
भने महिला तर्फ पन्चकली बुढा,बसन्ताकुमारी शाही, जानेदवी शर्माको नाम सिफारिस गरिएको छ । दलित तर्फ बल बहादर बस्याल, बिपुना नेपाली रमहालक्ष्मी बिटालुको नाम सिफारिस गरिएको छ । पन्चकली बुढा चर्चित गायिका पनि हुन् ,। केहि समय अघि जुम्ला फल्छ मार्सीधान फल्ने नवयूवराज हिदेन्द्रसंगै गित गाएर चर्चामा आएकी थिईन् ।




