जुम्लाका अटो व्यवसायी आन्दोलित : छलफल निष्कर्ष विहिन,  विवाद बल्झिदै 

जुम्ला । जुम्लाका अटो व्यवसायी आन्दोलित भएका छन् । रुट प्रमिटको विषयलाई लिएर अटो व्यवसायी आन्दोलित भएका हुन् । सोमबार रातिदेखि प्रशासन अगाडी चक्काजाम गरी धर्नामा बसेका अटो व्यवसायी र सरोकारवाला बीच प्रशासनमा छलफल भएको थियो ।

छलफल निष्कर्ष विहिन भएपछि अटो व्यवसायीले प्रशासन अघि कोर्णसभा अघि आन्दोलन जारी रहेको घोषणा गरे । सोही अनुसार उम्गाड,तातोपानी क्षेत्रका टायर बालेर यातायात ठप्प पारेका थिए ।

तर अटो व्यवसायीले गरेको बन्द र चक्का जाम माथि अन्य यातायात व्यवसायीले हस्तक्षेप गरेर सडक खुलाईएको छ ।यदपी अटो व्यवसायीहरु भने थप आक्रोसित भएका छन् । 

अटो व्यवसायीहरुले कानुन संशोधन गरेर हुन्छ अथवा नयाँ कानुन बनाएर हुन्छ तातोपानी देखि तिला सम्म रुट प्रमिट जारी गर्नु पर्ने माग राखेका छन् ।

तर अटो व्यवसायीहरुको उक्त माग प्रति अन्य यातायात व्यवसायी सकरात्मक छैनन् । अटोलाई ऐैरेनी सम्म संचालन हुन दिने कुरामा अटो व्यवसायी सहमत छैन् ।

रुट प्रमिटकै विषयमा जारी आन्दोलनले जुम्लाको सार्वजनिक यातायात अस्तबेस्त हुने देखिएको छ ।

भैरवनाथ यातायात सेवा प्रा.लि. र तिला–कर्णाली यातायात बीच समहती नहुँदा विवाद लम्बीएको छ । प्रशासनको स्पष्ट नीति र कानुनी ढिलासुस्तीका कारण अटो व्यवसायी आन्दोलित बनेका हुन। अटो सञ्चालन सम्बन्धी रोड परमिट नहुँदा व्यवसायीहरू कानुनी अन्योलमा छन् भने सर्वसाधारण यात्रुहरू सेवा नपाएर सास्ती भोग्न बाध्य छन्।

अटो व्यवसायीहरूले गाउँपालिका र स्थानीय तहले छिटोभन्दा छिटो स्पष्ट कानुन बनाएर रोड परमिटको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। उनीहरूले चेतावनी दिँदै भनेका छन ।

कानुन बिना हामी जोखिममा सवारी चलाउन सक्दैनौ माग पूरा नभएसम्म अटो संचालन नहुने भैरबनाथ यातायात प्रालिका सचिव नन्दु तिरुवाले चेतावनी दिएका छन् । माग पुरा नभए सम्म आन्दोलन जारी रहने उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस