जुम्ला । नेपाली कम्युनिष्ट पार्टी जुम्लाको तर्फबाट नरेश भण्डारीले उम्मेदवारी दर्ता भएको छ । बाजा गाँजा सहित बजार परिक्रमा गरेर भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधि सभा तर्फ एउटा निर्वाचन क्षेत्र रहेको जुम्लामा भण्डारी दोस्रो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् ।
२०६४ सालमा बहुमत ल्याएर निर्वाचित भएका भण्डारी २०७४ सालको निर्वाचनमा जुम्ला प्रदेश (क) कर्णाली प्रदेशमा निर्वाचित भएका थिए ।
उम्मेदवारी दर्तापछि पत्रकारलाई प्रतिक्रिया दिदै उम्मेदवार भण्डारीले जुम्लाको आर्थिक सामाजिक विकासका लागि बहुमत दिने बताए । साथै तिला-जवा हाईड्रोपावर निर्माण, जुम्लाको आर्थिक विकासको नीति निर्माणमा विशेष जोड दिईने उनको भनाई छ ।
सिंजालाइ विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने, जलविधुत विकासलाई जोड दिने लगायतका कुरामा प्रथामिकता दिईने प्रतिबद्वता व्यक्त । पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने उल्लेख गरे ।
योसंगै हालसम्म ५ दलको उम्मेदवारी दर्ता भएको छ ।



