जुम्ला सहित कर्णालीमा दोस्रो पटक हिमपात, कृषि क्षेत्रलाई राहत

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्लामा यस वर्षको दोस्रो पटक हिमपात भएको छ । कर्णालीका जुम्ला,सहित कालिकोट, मुगु,हुम्ला र डोल्पा,कालिकोट जिल्लामा हिमपात भएको हो । मंगलबार रातीदेखि कर्णालीमा हिउँ पर्न सुरुभएको थियो ।

उच्च भूभागमा बाक्लो हिउँ जमेको छ । बेसी क्षेत्रमा हिउँ संगैपानी परेपछि त्यति हिउँ जमेको छैन् । यदपी हिउँ संगै परेको पानीले पनि कृषि क्षेत्रलाई राहत हुने कृषिविज्ञहरुले बताएका छन ।

यस वर्ष निकै ढिला गरी गत शनिवार राती यस वर्षको पहिलो हिमपात भएको थियो । भने दोस्रो पटक मंगलबारदेखि भारी हिमपात सुरु भएको छ । 

हिमपातपछि ह्वात्तै चिसो बढेपछि कर्णालीको जनजीवन कष्टकर बनेको छ । भने कृषि क्षेत्रलाई राहत पुग्ने भएपछि लामो समय खडेरी झेलेका किसान हिमपातले उत्साहित भएका छन् । विगत वर्ष भन्दा पछिल्ला वर्षमा कर्णालीमा हिउँ ढिला गरी पर्न थालेपछि हिउदे बालीको उत्पादन घट्दै गएको छ ।

हिउँपानीको भरमा उत्पादन हुने हिउँदे बाली जौ हिउँ नपरी सप्रिदैन् भने स्याउ बगैचा व्यवस्थापन गरेपनि, जग्गा चक्लाबन्दी गरी राखेका किसान निकै उत्साहित भएका छन् ।

जौँ बालीलाई चाहिने आबश्यक सिँचाई हिउँले पुर्ति गर्ने भएकोले हिउँले कृषि क्षेत्रमा राहत पुराउने कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।

अहिले परेको हिउँले स्याउ बगैचा व्यवस्थापन तथा हिउँदे बाली सप्रिन विशेष टेवा पुग्ने छ ।  हिमपातले कृषि क्षेत्रलाई राहत पुग्ने भएपनि चिसोले जनजीवन भने प्रभावित भएको छ । साथै नेपालगन्जबाट जुम्ला,मुगु,हुम्ला र डोल्पामा हुने नियमित उडान बन्द भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस