मुगु – छायाराथ रारा नगरपालिका – ५ का साहाराविहीन दम्पतीकाे उद्दार गरिएकाे छ । बिगत ६ बर्ष देखि मुगुकाे गमगढी बजारको सडक किनारामा कस्टकर जीवन बिताईरहेका ४७ वर्षीय गिरी नेपाली र ४५ वर्षीया भदुरी नेपालीकाे उद्दार गरिएकाे हाे ।
मुगुम कार्मारोङ गाउँपालिका मुगुका जनस्वास्थ्य निरिक्षक बलि बहादुर बुढाकाे पहलमा उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रममा पुनःस्थापना गरिएकाे छ ।
गिरी नेपाली शारिरिक र मानसिक दुवै रुपमा अस्वस्थ छन् । भदुरी नेपाली शारिरिक रुपमा अस्वस्थ र निकै कमजोर छन् । दुवै जना सडकको किनारामा निकै कष्टकर जीवन विताई रहेका थिए ।
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधवार



