निर्वाचन आचारसंहिता पालना सम्बन्धि जुम्लामा सर्वदलिय अन्तरक्रिया 

जुम्ला । जुम्लामा निर्वाचन आचारसंगिता पालना सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत राजनीतिक दल, उम्मेदवार,कर्मचारी तथा संचारकर्मीहरुले पालना गर्नु पर्ने निर्वाचन आचार संहिताबारे जानकारी दिन जिल्ला स्तरीय सर्वपक्षिय सर्वदलिय अन्तरक्रियाको आयोजना गरिएको हो ।

कार्यक्रमको उदेश्य बारे बताउँदै सहायक निर्वाचन अधिकृत

हरिकृष्ण तिमिल्सीनाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आचारसंहिताका प्रावधानबारे जानकारी गराउन कार्यक्रमको  आयोजना गरिएको बताए ।

उनका अनुसार जुम्लामा निर्वाचनको सबै तयारी पुरा भैसकेको छ ।अब भयमुक्त वाताबरणमा निर्वाचन सम्पन्न गराउनका लागि आचारसंहिताको पूर्ण पालनामा जोडदिनु पर्ने उल्लेख गरे । 

उम्मेदवार, राजनीतिक दल,शिक्षक, कर्मचारी, संचार प्रतिष्ठान तथा संचारकर्मी र मतदाता लगायत सबैले निर्वाचन आचारसंहिताको पालना गर्नु पर्ने समेत जानकारी दिए । 

कुनै दललाई चिनाउन वा कुनै दलको चुनाव चिन्ह अंकित कुनै पनि प्रचार सामाग्री तथा कपडा लगाउन नमिल्ने समेत आचार संहितामा उल्लेख छ । निर्वाचनको मुखमा भ्रामक सूचनाहरुको प्रचार बढी हुने भएकाले त्यस्ता गतिविधि पनि गर्न नपाईने उल्लेख छ । 

विभागीय मन्त्री तथा प्रदेशका सांसदहरुले सम्बन्धित दलको प्रचार गर्नका लागि निर्वाचन आयोगसंग समन्वय गर्नु पर्ने व्यवस्था छ । भने स्थानीयतहका जनप्रतिनिधिको हकमा छुट्टै व्यवस्था छ । स्थानीयतहका जनप्रतिनिधिले आफ्नो पालिका बाहेक अन्य पालिकामा गएर आफ्नो पार्टीको प्रचार गर्न पाउने छन् ।संचार गृहले कुनै पनि दलको पक्ष विपक्षमा समेत प्रचार गर्न पाईने छैनन् । 

निर्वाचन अवधिभर कुनै योजनाको शिल्यान्स, अनुदान वितरण जस्ता।कुनै पनि काम गर्न नपाईने समेत स्पष्ट व्यवस्था छ ।।साथै ट्रेड यूनियनसंग आबद्व कर्मचारीलाई निर्वाचन नखटाउने व्यवस्था छ । 

निर्वाचनमा खटिएका कर्मचारीले समेत पक्ष विपक्षका कुनै काम गर्न पाउने छैनन । यति सम्म की सामाजिक संजालका पोष्टहरुलाई लाईक कमेन्ट तथा सेयर समेत गर्न नपाईने नीति छ । 

निर्वाचन आचारसंहितामा सबै क्षेत्रका लागि कडा व्यवस्था गरेपनि कार्यान्वयनको अबस्था भने निकै फितलो रहेको छ । जसका कारण निर्वाचन आचारसंहिता कार्यान्वयन चुनौतीपुर्ण बन्दै गएको छ । 

विशेष गरी संचारकर्मीहरुले कुनै दलको पक्ष र विपक्षमा समचार लेख विज्ञापन प्रचार गर्न नपाईने व्यवस्था छ । नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले निर्वाचन आचारसंहिता पालना कागजमै सिमित भएको बताए । कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरुले पार्टीगत प्रचार गरिरहेको प्रति ध्यानकर्षण गराए । 

साथै कार्यक्रममा सहभागीहरुले निर्वाचन आचारसंहिता पालनामा निकै चुनौतीपूर्ण बन्दै गएकाले नियमन कार्यलाई प्रभावकारी बनाउन समेत सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस