तातोपानी गाउँपालिका वडा नं ४ स्थित गिडिखोला जलविधुत आयोजना संचालनपछि करिब ३ हजार घरधुरी बत्तीको पहुँचमा पुगेका छन् । विगतमा अध्याँरोमै रात कटाउन बाध्य तातोपानीका ३ हजार घरधुरीमा २४ सै घण्टा बत्तीको पहुँच विस्तार भएको हो ।
२१४ किलोवाट क्षामताको गिडिखोला जलविधुत आयोजना संचालनमा आएसंगै तातोपानी गाउँहरु झिलिमिली भएका छन् । ५÷६ वर्ष पहिला सम्म बत्ती अभाव र लोडसेडिङको मारले क्यान्डिल जुलुस गर्ने जुम्ला बासी अहिले २४ सै घण्टा बत्ती बाल्न पाएपछि निकै खुसी छन् ।
गिडिखोला जलविधुत आयोजनाको बत्ती तातोपानीका ८ वटा वडामध्य ६ वटा वडाका डेढ दर्जन बढी गाउँ र चन्दननाथ नगरपालिका ३ वटा वडाका दर्जन बढी गाउँमा नियमित विधुत प्रवाह भईरहेको छ । आयोजना संचालनको सुरुवाती चरणमा तातोपानी गाउँपालिकामा मात्रै बत्ती प्रवाह भईरहेपनि विगत एक वर्ष यता चन्दननाथ नगरपालिकाका वडा नं ८,९ र १० का गाउँलाई पनि तातोपानीले बत्ती दिएको छ ।
तातोपानीसंग सिमा जोडिएका र बत्तीको समस्या झेलिरहेका चन्दननाथका ३ वटा वडाका गाउँमा पनि नियमित बत्ती संचालित छ । गिडिखोला जलविधुत आयोजना १० करोड लगानीमा निर्माण भएको हो । उक्त आयोजना निर्माणका लागि तातोपानीका स्थानीयले सेयर लगानी पनि गरेका छन् । न्युनतम ५ हजार देखि अधिकतम् २० हजार सम्म स्थानीयको सेयर छ ।
२०६१ सालदेखि विद्युत् निर्माणको काम सुरू भए पनि २०७४ सालदेखि बिजुली उत्पादन भएर गाउँबस्तीमा पुर्याइएको गिडिखोला जलविधुत आयोजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेल बताए । उनका अनुसा कुल १६ करोड लागत स्टेटमेन्ट रहेकोमा
१२ करोडमा टेन्डर आह्वान भई घटिघटाउमा १० करोडमा ठेकेदारले निर्माणको जिम्मा लिएका थिए । उनले भने,‘जसमा एक करोड ५० लाख स्थानीयको समुदायको नगद लगानी छ । आयोजना अहिले पनि १ करोड ६३ लाख ४० हजार ऋण छ। वैकल्पिक उर्जाको माध्यमबाट एडीबीले ५ करोड ७० लाख अनुदान दिने भनिए पनि ४० लाख मात्रै आएको थियो ।’
तातोपानी गाउँपालिकाका ६ वटा वडाका जर्मी लाछु, डागीबाडा, बाबिरा,रावतबाडा, खंकबाडा, धौलापानी, हियाखोला, गौतमबाडा,जैतपुर, हाँकु,नियापानी,गिडिखोला, पत्थेनी, ऐैरेनी, लाम्रा लगायतका गाउँमा २४ सै घण्टा बत्ती आईरहेको छ । भने चन्दननाथ वडा नं ८,९ र १० का बोहोरागाउँ बाहेक सबै गाउँमा बत्ती पुगेको अध्यक्ष पाण्डेले जानकारी दिए ।
विधुत आयोजना संचालन पछि बस्ति मात्र झिलीमिली भएका छैनन् । गाउँमा विधुतको प्रयोग बढेको छ । फर्निचर उधोग देखि कुटानी पिसानी मिल बढेका छन । भने बालबालिकालाई लेखपढका लागि समेत राहत भएको छ ।
२४ सै घण्टाको बत्ती प्रयोग गरेर राहत मशसुश गरिरहेका स्थानीयहरु आयोजनाको संचालन तथा दिगो व्यस्थापनमा ध्यान दिन सुझाव दिईरहेका छन् । जाल्पादेवी ग्रामिण विधुत सहकारी मार्फत संचालनमा रहेको गिडिखोला जलविधुत आयोजना पुरस्तकृत समेत भएको छ । यसै वर्ष बैकल्पीक उर्जा प्रर्बद्वन केन्द्रको वार्षिक उत्सवमा ग्रामिण क्षेत्रको विधुतीकरणमा उल्लेखीय काम गरेको भन्दै गिडिखोला जलविधुत आयोजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डे पुरस्कृत भएका थिए ।
अहिले गरिब विपन्न घरमा त निःशुल्क विद्युत् लाइन समेत जोडिएको छ । अहिले घरभित्रैबाट सामाजिक प्लेटर्फमहरूको प्रयोग भइरहेको छ । घरभित्रका कामहरू समेत सहज छ । घर सजाउनेदेखि सरसफाइका काममा टेवा पुगेको छ ।
न्यूनतम महसुल एक सय रूपैयाँ तोकिएको छ । हिउँदमा मासिक २ लाख २० हजार रूपैयाँसम्म आम्दानी भइरहेकोमा वर्षमा एक लाख २५ हजार रूपैयाँसम्म आम्दानी भइरहेको छ । कुल ३ किलोमिटर ७ सय मिटर टाढादेखि कुलो बनाएर बिजुली निकालिएको छ ।
अहिले पनि आयोजनामा ऋणमै रहेकाले सेयर फिर्ता गर्न समय लाग्ने देखिएको छ । नियमित बत्ती बाल्न पाएपछि स्थानीयहरु आयोजना प्रति सन्तुष्ट छन् । गिडिखोला जलविधुत आयोजनाको निरन्तरताले तातोपानीले विधुत विकासमा आत्मनिर्भरताको सन्देश समेत दिईरहेको छ ।



