जुम्ला । स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताईन् । मंगलबार जुम्ला पुगेकी स्वास्थ्य मन्त्री शर्माले कठिन भूगोल र सिमित स्रोत साधनका बीच स्वास्थ्य सेवा,अध्ययन तथा अनुसनधानका क्षेत्रमा प्रतिष्ठानले गरेको काम अनुकरणीय रहेको उल्लेख गरिन् ।
‘बजेट अभावले कर्णाली प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधार रोकिनु हुदैन्,यसमा हामी गम्भीर छौँ,’उनले भनिन,‘कर्णालीको सम्भावना बुझ्नकै लागि जुम्ला आएको हो । तर कर्णालीको सम्भावना अनुसार राज्यको लगानी रहेछ । अब बजेट अभावका कारण प्रतिष्ठान पछि पर्नु पदैन् । यसै बजेटमा हामी विशेष प्रथामिकता दिन्छौ ।’
बजेट अभावकै कारण चेरे चौरमा निर्माण भईरहेको बहुउेश्यीय परियोजनाका भवनले पूर्णता नपाएको समस्या रहेकाले एकै चोटी अर्बका हिसाबले बजेट दिन सम्भव नभएको हुँदा वार्षिक बजेटमा प्रथामिकता दिईने उल्लेख गरिन् । अभावले प्रतिष्ठानका पूर्वाधार निर्माणमा केहि विलम्ब भएको गुनासो बढेकाले त्यसतर्फ मन्त्रालयको ध्यान केन्द्रित रहेको बताईन् ।
उनले थपिन,यहाँको सम्भावनालाई हेर्दा राज्यको लगानी न्युन छ । अब लगानी बढाउनुको विकल्प छैन् । हामि लगानी बढाउँछौ । बजेट अभावमा भवन निर्माण रोकिदैनन् । सेवा सुधारको प्रयास रोकिनु हुदैन् । लगानी बढाउँछौ । नागरिक सन्तुष्ट हुने गरी सेवा दिन प्रतिष्ठानले ध्यान दिनुपर्छ ।’

साथै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मन्त्रालय लागि परेको बताईन् । मन्त्री शर्माले प्रतिष्ठानलाई रेफर सेन्टरका रुपमा नभई गुणस्तरीय सेवा पाउने स्थानका रुपमा विकास गर्न सबै लाग्नु पर्नेमा जोड दिईन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले प्रतिष्ठान कर्णालीको गौरब भएको बताए ।चुनौतीलाई अबसरका रुपमा लिदै गुणस्तरीय स्वास्थ्य सेवा प्रदानमा ध्यान दिनु पर्नेमा जोड दिए । साथै प्रतिष्ठानका अधुरा भवन निर्माण, सेवा सुधारलाई ध्यानमा राखी बजेटमा विशेष प्रथामिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘हरेक वर्ष कति बजेट चाहिन्छ, कार्ययोजना सहित मन्त्रालयमा ल्याउनुहोस् । भवन निर्माण हुने तर प्रयोग नहुने हुनु भएन् । कार्ययोजना सहित आएमा वार्षिक रुपमा प्रयाप्त बजेट विनियोजन हुन्छ ।’ सिमित स्रोत साधनका बीच कर्णाली प्रतिष्ठानले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रधान तथा अध्ययन तथा अनुसन्धानमा उल्लेखीय काम गरिहेको बताए । मन्त्रीज्यु र सचिवलाई थप बजेट व्यवस्थापन गरिदिन माग गरे ।

प्रतिष्ठानका उपकुलपति डाक्टर पुजन रोकायाले प्रतिष्ठान स्थापनाको १३ वर्षबढी बितिसक्दा राज्यले अपेक्षाकृत रुपमा लगानी नगरोकाले आबश्यक सहयोगका लागि अनुरोध गरे । उनले भने,‘अहिले डायलासिस सेवा समेत सुरुभएको छ । भने ब्लड बैंक पनि स्थापना भएको छ । कर्णालीका स्वास्थ्य सुचक बृद्विमा प्रतिष्ठानले उल्लेखीय भुमिका निर्वाह गरेको छ । यदपी बजेट अभाव झेल्दै आएको छ । अब समस्या समधान हुनेमा आशामा छौ। ’
राकम कर्णालीमा स्याटेलाईट अस्पताल,हर्बल प्लान्ट तथा हेल्थ टुरिजमको प्रर्बद्धन गर्ने लक्ष्य रहेकाले सरकारको सहयोगको खाँचो रहेको औल्याए । प्रमुख जिल्ला अधिकारी दीपक पौडलले प्रतिष्ठानको बृद्वि विकासमा राज्यले प्रयाप्त लगानी गर्नु पर्ने बताए । कर्णालीको गौरवको विषय भएकाले प्रतिष्ठानमा साधन स्रोतको अभावले रेफर गर्नु पर्ने बाध्यताको अन्त्य गर्न राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रतिष्ठानका डिन प्रनित पोखरेलले कर्णाली प्रतिष्ठानलाई अन्य प्रतिष्ठान स्रह नहेरी यहाँको आबश्यकतालाई मध्यनजर गरी लगानी बढाउन आग्रह गरे । जुम्ला पुगेको स्वास्थ्य मन्त्रालयको टोली जुम्ला मुगु हुदैँ काठमान्डौँ फर्किने छ ।



