तातोपानीमा राजनीतिक दलहरुसंग अन्तरक्रिया: चुनावमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्वता

जुम्ला । तातोपानी गाउँपालिकामा राजनीतिक दलहरु संग चुनाव केन्द्रित अन्तरक्रिया सम्पन्न भएको छ । शिक्षा पत्रकार समुहको आयोजनामा तातोपानी गाउँपालिकामा सबै राजनीतिक दलहरुको सहभागितामा अन्तरक्रिया सम्पन्न भएको हो । सबैका दलका प्रतिनिधि तथा संचारकर्मीको सहभागितामा निर्वाचनमा बालबालिका र शैक्षिक संस्थाको प्रयोग नगर्न लगायतको ५ बुदे प्रतिबद्वता जारी गरिएको छ । 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकीदै गएपछि गाउँ गाउँमा चुनावी सरगर्मी बढेको छ । चुनावी गतिविधि बढ्दै जाँदा बालबालिकाको प्रयोग हुन सक्ने जोखिमलाई मध्य नजर गरी अन्तरक्रिया गरिएको छ ।

निर्वाचन गतिविधिमा बालबालिका प्रयोग हुने अबस्था र यसले उनीहरुलाई पर्ने असर, निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिन गरिएका कानुनी व्यवस्था र निर्वाचन लक्षित गतिविधिमा  बालबालिकाको प्रयोग हुन नदिन दलहरुको भुमिका र प्रतिबद्वता लगायतका सवालमा छलफल गरिएको थियो  । 

निर्वाचनको मिति नजिकीएपछि गाउँ केन्द्रित भएका दलहरुले चुनावी प्रचार प्रशारका नाममा बालबालिकाको प्रयोग गरिरहेका छन् । जुन कानुनी व्यवस्था र निर्वाचन आचारसंहिता विपरित हुन । 

बालालिका सम्बन्धि ऐन २०७५ को दफा ६६ को उपदफा (२)को(छ) मा राजनीतिक प्रयोजनका लागि बालबालिकालाई सांगठित गर्ने, वा हड्ताल, बन्द,चक्काजाम, धर्ना वा जुलुसमा प्रयो ग गर्न नपाईने रगरेमा कसुरका रुपमा आर्कषित हुने व्यवस्था छ ।

त्यस्तै निर्वाचन आचार संहिता २०८२ को दफा १० मा कुनै पनि शिक्षकले दलहरुका पक्षपोषण गरेर प्रचार गर्न नपाईने, विधालयमा कुनै पनि कार्यक्रम गर्न नपाईने व्यवस्था छ । 

निर्वाचन आचार संहिता २०८२ को दफा १३ को उपदफा  १ को (ट)मा “निर्वाचन प्रचार प्रशार, आमसभा, तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने स्पष्ट भनिएको छ ।”

अन्तरक्रियामा सहभागीमा दलहरुले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने साझा प्रतिबद्वता व्यक्त गरेकाछन् । नेपाली काँग्रेसका तातोपानी गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र शाहीले आफ्नो पार्टीले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्वता गरे । गाउँ गाउँमा जाँदा बालबालिका स्वतह स्फुर्त चुनावी सभामा नाच्न रमाउन चाहने भएपनि अब पूर्ण रुपमा निषेध गर्ने बताए ।

नेपकपा एमालेका पालिका कमिटि सदस्य दिपक रावतले जुम्लामा एमालले निर्वाचन अवधिभर कुनै पनि हिसाबमा बालबालिकाको प्रयोग नगर्ने बाचा गरे । 

भने नेपाली कम्युनिष्ट पार्टीका पालिका अध्यक्ष जत्तिप्रसाद न्यौपानले विगतको तुलनामा बालबालिकाको प्रयोग न्युन हुने गरेको र अब पूर्ण रुपमा रोक्न नेकपा प्रतिबद्व रहेको उल्लेख गरे । जिल्लाका कुनै पनि चुनावी गतिधिविमा बालबालिकाको प्रयोग नगर्ने समेत बाचा गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले दलहरुले बालबालिकाको प्रयोग गरेको विषय बाहिर आएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालय बेवास्ता गरेको बताए । आगामी दिनमा बालबालिकाको प्रयोग रोक्न समेतअनुरोध गरे ।

शिक्षा पत्रकार समुहका प्रदेश सचिव विष्णु न्यौपानेले चुनावमा बालालिकाको प्रयोग र शैक्षिक संस्थाको प्रयोग पनि बढ्ने भएकाले यसलाई रोक्न दलहरुले गरेको प्रतिबद्वता कार्यान्वयनमा ध्यान दिन अनुरोध गरे । 

यस्तो छ ५ बुदे प्रतिबद्वता

प्रकाशित मिति : २०८२ फाल्गुन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस