सिंजा क्षेत्रमा एमालेको घरदैलो अभियान तिब्र, तामझाम भन्दा जनतालाई एजेण्डा सुनाउदै महत

जुम्ला । नेकपा एमाले जुम्लाको चुनावी अभियान सिंजा केन्द्रित छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकीएसंगै दलहरु चुनावी प्रचार प्रशारमा बेस्थ छन् । 

निर्वाचनको मिति नजिकीएपछि अन्य दलसंगै एमालेले पनि घरदैलो अभियानमा तिब्रता दिएको छ । सिंजा क्षेत्रका स्थानीयतहमा चुनावी अभियान संचालन गरेको एमालेले घरदैलोलाई तिब्रता दिएका छन् ।

निर्वाचन परिचालन कमिटीका संयोजक देविलाल थापाको नेतृत्वमा उम्मेदवार शान्तिलाल महत लगायत नेता हरु सिंजा क्षेत्रमा तिब्र घरदैलोमा जुटेका छन् ।

अन्य दलहरुले निकै तामझाम गरिरहेको अबस्थामा एमालेले जनताका समस्या सुन्ने, र आफ्ना एजेण्डा सुनाउन सुक्ष्म रुपमा घरदैलो गरिरहेको छ । 

सिंजा क्षेत्रको हिमा गाउँपालिकाबाट सुरुवात गरेको अभियान अहिले सिंजाका गाउँ गाउँमा पुगेका छन् ।२०५६ पछिको विरासत फर्काउने दाउमा चुनावी मैदानमा होमिएको एमालेले आफ्ना एजेण्डा सुनाउदै जनताका  बास्तविक समस्या समधानमा जोड दिदै मत मागि रहेको  छ । 

सिंजा क्षेत्रमा अस्पताल निर्माण गर्ने एजेण्डा सहित जुम्लाको समृद्वि र सिंजालाई विेशेष प्रथामकिता दिएर काम गर्ने समेत बाचा गर्दै आएका छन् ।

´हामी तामझाम नगरीकनै चुनाव प्रचार गरिहेका`उनले भने,´चाहेको खण्डमा हामी पनि ठुलो तामझाम गर्न सक्छौ । बाजा बजाउन र केहि कार्यकर्तालाई नारा लगाउने हैसियत छ ।  अरुले कसरी प्रचार गरिरहेका छन् भन्ने कुरा संग मतलब नै छैन्। तर हामीले जनताका मुद्वा सुन्ने, भेटढघाट छलफल गर्ने योजना सहित निरन्तर घरदैलोमा छौ ।हामी सिंजा सकेर कनकासुन्दरीमा प्रबेश गर्छौ |`

सिंजामा नापी मालपोत कार्यालय स्थापना गरेको एमालले अस्पताल बनाउने घोषणा गरेको छ । गाउँ घरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, शिक्षामा सुधार गर्ने, जलजमिन, जडिबुटि,जंगलको संरक्षण र परिचालन गर्ने, कर्णाली राजमार्गको स्तरोनन्ति गर्ने, सिंजालाई पर्यटन गन्तव्य देखि आर्थिक विकासको केन्द्र बनाउने एजेण्डा लिएर घरदैलोमा पुगेका एमाले उम्मेदवार शान्तिलाल महतलाई सिंजाका जनताले स्वागत गरिरहेका छन् ।

सादगी नेताक उदाहरण महतलाई फागुन २१ को निर्वाचनमा बहुमत दिएर जिताउनुको विकल्प नरहेको एमाले नेता सुरत शाही बताउँछन् ।जुम्ला समृद्विको ठोस योजना र नीति भएका नेतानै महत भएकाले जनताले यस पटक न्याय गर्ने उनको विश्वास छ । उम्मेदवार महतसंग झण्डै चार दशक लामो राजनीतिक र सामाजिक सेवाको अनुभव छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस