जुम्ला । पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा केन्द्रका रुपमा मानिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प भएको छ । भौगोलिक रुपमा विकट जुम्ला सहित कर्णालीमा दैनिक चोटपटक लाग्ने, लड्ने र हड्डीका बिरामी बढी हुने दैनिक जसो एक्सरेका विरामी आउने गरेपनि सेवा ठप्प हुँदा विरामीले सास्ती पाएका छन् ।
अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बिति सक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरूले सास्ती पाएका हुन् ।
सामान्य चोटपटक, दुर्घटना, हाडजोर्नी समस्या, छाती तथा फोक्सो सम्बन्धी रोगका बिरामीहरु एक्स–रे बन्द हुँदा बढी प्रभावित भएका छन् ।
प्रतिष्ठानमा एक्सरे सेवा नहुँदा स्थानीय नीजि मेडिकल धाउन समेत बाध्य छन् । एक्सरे सेवा ठप्प भएको, नागरिकले दुख पाएको विषयलाई प्रतिष्ठानका पदाधिकारीले गम्भीरता पूर्वक लिएका छैनन् ।
सेवा अबरुद्व समेत संचालनबारे त्यति चासो नदिएको पाईएको छ । मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत वा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस कदम नचालिएको भन्दै स्थानीय तथा स्वास्थ्यकर्मीहरू असन्तुष्ट बनेका छन् ।
लामो समयदेखि एक्सरे सेवा ठप्प हुनुले समग्र प्रतिष्ठानका पदाधिकारी तथा सम्बन्धित विभागका कर्मचारी प्रति समेत प्रश्न खडा भएको छ ।
यता एक्सरे डिपार्टमेन्टका रेडियोग्राफर सतल रउलेले एक्सरे मेसिन फागुन १९ गते राति बाट अचानक बिग्रेको बताए । उनले भने,´एक्सरे मेसिनको केबिमिटरमा समस्या आएकाले मर्मतका लागि जिल्ला बाहिर पठाइएको छ । एक्सरे मेसिन बिग्रने र चुनाव बिदा सँगै भएकाले मर्मतमा ढिला भएको हो ।अझै ४/५ दिनमा एक्सरे सेवा संचालन हुने छ ।`
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर कमल थानीले बिग्रिएको एक्सरे मेसिन मर्मतका लागि पठाईएको बताए । यदपी कर्मचारीको गुनासो बारे व्यवस्थापनलाई कुनै लिखित मौखित जानकारी नआएको उनको भनाई छ ।
´गत साता एक्सरे मेसिनको एक पार्टमा समस्या आएपछि मर्मत गर्न पठाईएको छ,`उनले भने,´उक्त मेसिन मर्मत गरेर आउने बेला सम्म यहा सिएम प्रविधिबाट जटिल खालका एक्सरे गरिराखेका छौ ।।ईमरजेन्सी केसहरु पनि उपचार भईरहेको छ । मेसिन विग्रिने र चुनावको विदा एउटै समयमा भएपछि केहि ढिला भयो । अब चाडै सुचारु हुन्छ ।`
साथबे कर्मचारीको व्यवहारका विषयमा आधिकारिक जानकारी नआएको उल्लेख गरे ।



