जुम्ला । जुम्ला बजारको कालेखोली स्थित एउटा होटेमा खुलेआम जातिय विभेद भएको छ। गुठिचौर गाउँपालिका वडा न -३ की कविता बुढा नामकी यूवतीले तातोपानी खान होटलमा पसेका राजबहादुर सुनारलाइ विभिन्न सन्दर्भ जोडेर खुलेआम ´डुम`भनेर जातीय विभेद गरेको भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक भएको भिडियोमा उनले भनेकी छन्, ‘डुम भनेका डुम हुन। म डुम नै भन्छु। भुइँसाको मासु खाने सबै डुम नै हुन। मलाई डुम भन्न किन नदिने। मेरा घरमा खुसीपुच्छर लिन आउछन्। म डुम नै भन्छु।’
समग्र दलित समुदायको प्रतिष्ठा माथि आँच आउने गरी बुढाले बोलेक गैर कानुनी अभिव्यक्ति विरुद्व सिंहो दलित सुमदायलाई अपहेलना समेत गरेकी छन् ।
‘मेरो जेठाबुवा सबैलाई जेलबाट निकाल्छ्न म आफ्नी छोरीलाई किन ननिकाल्लान। मलाई जेलबाट निकालिहाल्छन् भन्दै कानुनलाई हातमा लिएर गैर जिम्मेवार रुपमा जातिय विभेद गरेकी छन् ।
प्रकाशित मिति : २०८२ चैत्र १७ गते सोमवार



