प्याब्सन कप सम्पन्न:  छात्रा र छात्रतर्फको दुबै उपाधी पातारासीका बोर्डिङलाई 

जुम्ला। जुम्लामा पहिलो पटक आयोजना गरिएको प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता-२०८२ छात्रा र छात्र तर्फको कप पातारासीकै बोर्डिक स्कुलले जितेका छन् । 

शनिवार सम्पन्न फाईनल तर्फका दुई खेलमा छात्र र छात्रा तर्फको दुबै उपाधी पातारासीका नीजि विधालयले जितेका हुन् । जसमा छात्रा तर्फको फाईनल खेलमा उपाधी जीपि बोर्डिङ स्कुल उर्थुले जितेको छ । पातारासीकै ड्रिम माउन्टेन बोर्डिङ बीच भएको खेलमा २-१ गोले हराउदै जीपि बोर्डिङ स्कुलले छात्रा तर्फको कप जितेको हो ।

निर्धारित समय गोल रहित बराबर भएपछि पेनाल्टि सुट आउट भएको थियो । पेनाल्टि सुटआउटमा ड्रिम माउन्टेनलाई २-१ गोले पछि पार्दै जीपि बोर्डिङ स्कुल छात्रा तर्फको बिजेता बनेको हो । 

साथै शनिवारनै भएको छात्र तर्फको फाईनल खेलमा जुम्ला बिलिबर्स बोर्डिङ स्कुललाई हराउदै ड्रिम माउन्टेन बोर्डिङ स्कुल पातारासीलेनै जितेको छ ।

निर्धारित समयमा गोल रहित बराबरी भएपछि पेनाल्टी सुटमा ७-६ गोल जुम्ला बिलिबर्सलाई पराजित गर्दै ड्रिम माउन्टेनले कप जितेको हो । 

प्रतियोगितामा जिल्लाभरका १२ नीजि विधालयबाट १७ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल तथा प्रमाण पत्र दिईएको छ ।

भने उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट टिम म्यानेजर, र उत्कृष्ट प्रशिक्षक लगायतका विभिन्न विधामा प्रमाणपत्र ट्रफी दिईएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जुम्लाद्वारा पहिलो पटक आयोजनामा भएको छात्र छात्रा फुटबल प्रतियोगिता शान्त र मर्यादित वाताबरणमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस